सहासको रङ


नन्दलाल आचार्य

​”त्यो खिया लागेको ढोका बाहिर यमराज मुस्कुराइरहेको छ, बाबु, तिमी भित्रै बस !” ​हजुरआमाको यो कामेको आवाज सुन्नेबित्तिकै नाति समीरको मुटु ढ्याङ्ग्रो झैँ बज्न थाल्यो । तर त्यतिबेला पाटनका पुराना गल्लीहरू आज अस्वाभाविक रूपमा शान्त थिए, तर त्यो शान्तिभित्र एउटा भयानक आँधी लुकेको थियो । छिमेकीको आँगनमा एउटा विभत्स चिच्याहट सुनियो । खबर फैलियो- “उन्मत्त मान्छेले दाजुभाइमाथि खुकुरी प्रहार गरेर सडकमा निस्कियो रे !” कौतुहलता थेग्न नसकेर ​समीरले झ्यालको एउटा सानो प्वालबाट बाहिर चिहायो । एउटा अजङ्गको मान्छे, हातमा रगत लतपतिएको खुकुरी नचाउँदै उसको घरतिरै दौडिँदै थियो । समीरका साना गोडाहरू डरले गले । उसले सोचेको थियो- के अब यो संसारका सबै मान्छे राक्षस बन्न लागेका हुन् ? के अब कोही पनि बचाउन आउँदैन ? ​ठीक त्यति नै बेला, एउटा नीलो बर्दीधारी आकृति बिजुली चम्किएझैँ त्यस आततायीको अगाडि उभियो । ती एक महिला प्रहरी थिइन् । उनले आफ्नो ज्यानको प्रवाह नगरी, त्यस रगतले तिर्खाएको खुकुरीको अगाडि आफूलाई ढाल बनाइन् । मान्छेहरू बन्द झ्यालका चेपबाट रमिता हेरिरहेका थिए, तर कसैको पाइला अघि बढेन । ती महिला जवानले अदम्य साहसका साथ त्यो अपराधीलाई चिलले मुसो झम्टेझैँ झम्टिएर भुइँमा पछारिन् । ​समीरको मानसपटलमा ती महिला प्रहरी कुनै लोककथाकी ‘सुपरवुमन’ भन्दा कम देखिइनन् । उनको अनुहारमा डर होइन, एउटा अनौठो दृढता र चमक थियो, जसले अँध्यारो गल्लीलाई आशाको उज्यालोले भरिदिएको थियो । ​जब ती प्रहरीले अपराधीलाई हत्कडी लगाएर डोर्याउँदै लगिन्, समीरले एउटा लामो र सुरक्षित सास फेर्यो । उसले भित्तामा झुण्डिएको आफ्नो खेलौनाको तरबार निकालेर कसिङ्गरको टोकरीमा फालिदियो र हजुरआमाको काखमा टाँसिदै मुसुक्क हाँसेर भन्यो- ​”हजुरआमा, राक्षसलाई मार्न खुकुरी नै बोक्नु पर्दैन रहेछ, काँधमा अलिकति जिम्मेवारी, पाखुरीमा अलिकति हिम्मत र मनमा अरूको सुरक्षाको जिम्मेवारी भए पुग्दो रहेछ !”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“सन्तानको मायाँ”

मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर हुँदैन सन्तानको मायाँ कहिल्यै पनि धेर थोर मैले सम्झिएकै छु तिमीले…

19 hours ago

हलो

सालिक राम सत्याल बाँके ३ खजुरा हाल = मलेसिया बाजे हलो किन धुलोले छोपिएको ?…

20 hours ago

श्रावण १५

  हेमराज अधिकारी श्रावणको वर्षाले धर्तीलाई हरियाली दिन्छ, तर मानिसको हृदयलाई हराभरा बनाउने काम उसकै…

20 hours ago

“गुरु पूर्णिमा”

लालबहादुर भुजेल पहिलै पहिलै हिन्दू धर्म संस्कृतिकाे पढाई, गुरूकुलमा हुने गर्थ्याे लेखाई र सिकाई !…

2 days ago

गुरु

हेमराज अधिकारी सूर्यले बाहिरी संसार उज्यालो बनाउँछ, गुरुले भित्री चेतनालाई उज्यालो बनाउनुहुन्छ। जन्म दिने माता–पिताले…

2 days ago

माटोको ढिस्को

अन्जु शर्मा रातोपुल मूर्तिका आँखाबाट आँसु खसे। उसले ढोकाबाट अवलोकन गर्दै गरेका मूर्तिकारलाई नमन गर्दै…

2 days ago