स्मार्टफोन तथा ल्यापटपमा मानिसहरूको जुन खालको निर्भरता बढिरहेको छ, त्यसले समस्याहरु निम्त्याउनु पनि स्वभाविकै हो ।

डिजिटल उपकरणमा लगातार काम गर्दा वा स्क्रिनमा हेरिरहँदा त्यसले आँखामा दबाब बढ्ने, सुख्खा हुने, दृष्टि धमिलो हुनेसँगै टाउको दुख्ने जस्ता समस्या पनि आउँछन् । पछि गएर यहीँ समस्या स्मार्टफोन भिजन सिन्ड्रोममा परिणत हुन्छ । जसबाट आँखासँग सम्बन्धित विभिन्न समस्याहरु देखिन थाल्दछन् ।

हुनत स्मार्टफोनको प्रयोगलाई पूर्णरुपमा बन्द असम्भव नै छ । तथापि हामीले केही त्यस्ता उपायहरु अपनाएर स्मार्टफोनकेा सही प्रयोग गर्न सक्छौं जसका कारण स्मार्टफोनले हाम्रो आँखामा कम असर पार्दछ । केही उपाय यस्ता छन् :

ब्राइटनेस सेटिंग्स

स्मार्टफोनको चहकिलोपना अर्थात् ब्राइटनेस त्यस्तो स्तरमा हुनुपर्दछ जसबाट आँखामा जोड नपरोस् । अर्थात् स्मार्टफोनको स्क्रिनको चहकिलोपना न त अत्यधिक हुनु राम्रो हुन्छ, न त अत्यन्तै कम हुनु।

आधुनिक स्मार्टफोनमा ब्राइटनेस तथा अयलतचबकत को सेटिंग्स बिल्टइन हुन जुन वातावरणको उज्यालोको आधारमा समायोजन हुन्छ । त्यसैले त्यसलाई अनावश्यक घटबढ गर्नु हुँदैन र ठिक्क मात्रामा राख्नु पर्दछ ।

अक्षरको आकार बढाउने

स्मार्टफोनको स्क्रिनमा सानो आकारका अक्षरहरु पढ्दा आँखामा दबाब पर्दछ । त्यसैले टेक्स्ट सेटिंग्समा गएर अक्षरको आकारलाई बढाउन सकिन्छ । यसो गरेपछि फोनमा कुनै पनि कुरा पढ्न सहज हुन्छ ।

डार्क मोडको प्रयोग

फोनमा डार्क थीम छनोट गर्नाले अक्षरको रङ सेतो र पृष्ठभूमि कालो बन्दछ । यसो गर्दा आँखामा ब्लू लाइटको एक्सपोजर कम हुन्छ, जसले आँखामा दबाब कम पर्दछ । यसका लागि फोनको डिस्प्ले सेटिंग्समा गएर डार्क मोड छान्न सकिन्छ । आफ्नो आवश्यकता अनुसार डार्क मोडलाई राख्न तथा बन्द गर्न पनि सकिन्छ ।

Digital Wellbeing  फिचर

यदि तपाईंले एन्ड्रोइड फोन प्रयोग गरिरहनुभएको छ यो फिचरको मद्दतले आफ्नो स्क्रिनटाइम नियन्त्रण गर्न सक्नुहुन्छ । यसले कुनै पनि एपको अत्यधिक प्रयोग रोक्नुका साथै डिभाइसबाट टाढा रहनका लागि समयतालिका बनाउन पनि सकिन्छ । यसमा एप तथा नोटिफिकेसन बन्द गर्ने तथा बच्चाहरुको फोनमा अभिभावकले नियन्त्रण गर्ने सुविधा पनि हुन्छ ।

डिजिटल wellbeing तथा parental control खण्डमा ड्यासबोर्ड, बेडटाइम मोड तथा फोकस मोड लगायतका फिचर उपलब्ध छन् । जसलाई तपाईं आफ्नो आवश्यकता अनुसार सेट गर्न सक्नुहुन्छ । त्यस्तै आइफोन प्रयोगकर्ताले पनि स्क्रिनटाइम फिचरको प्रयोग गर्न सक्दछन् ।

स्क्रिन सफा राख्ने

स्मार्टफोनको प्रयोग गर्दै जाँदा कहिलेकाहीँ स्क्रिन फोहोर हुने गर्दछ । यस्तोमा केवल स्वच्छताको दृष्टिकोणबाट मात्र होइन कि आँखामा दबाब नपरोस् भन्नका लागि समेत स्क्रिनलाई सफा राख्नु आवश्यक हुन्छ । त्यसैले फोनको स्क्रिनको नियमत सफाइ आवश्यक हुन्छ ।

एजेन्सी

Admin

Share
Published by
Admin

Recent Posts

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

6 hours ago

डर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "मम्मी भोक लाग्यो !"- पप्पुले आमाले पकाइरहेको कुरौनी देखेर भन्यो।"…

6 hours ago

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

2 days ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

2 days ago

शून्यको यात्री र रित्तो सेतो छडीको रोदन

रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…

3 days ago

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

3 days ago