Categories: बाल कथा

“हँसिलो केटो”


रञ्जुश्री पराजुली

एउटा नौ बर्षको  केटा थियो । उसको नाम प्रकट  हो । घरमा माया गरेर सबैजना उसलाई “पची” भन्दछन् । उ असल, ज्ञानी , पाठ्शालामा साथीहरुलाई अनि घर भित्र आमालाई र छिमेकमा पनि आफुले सक्ने कुरामा सबैलाई मद्दत गर्न मन पराउँछ । घरमा उसको एक जोडी पाल्तु खरायो पनि थिए । ती खरायोहरु सफा सेतो भुवा भएका राम्रा थिए । पची तिनीहरुको भाँडामा  दानापानी छ कि छैन हेर्ने, स्कुल जाने बेला पनि माया गरेर मुसार्ने अनि म आए पछि खेल्नु पर्छ है भनेर जाने गर्दथियो। पचीका आमा बाबा दुबै डाक्टर  भएकाले अलि व्यस्त  हुन्छन् । त्यसैले उ घरमा प्रायः हजुरबासँग पढ्ने, खेल्ने,कथा सुन्ने गरेर बस्छ । उसलाई मोटर, हवाईजहाजहरु  मन पर्छ । उसँग करिव पचासवटा जति विभिन्न कंम्पनीले बनाएका साना खेलौना मोटर कार र हवाई जहाज छन् । ती सबै उसले  आफ्नो कोठाको तखत्तामा  सजाएर राखेको छ । उसलाई आफूसँग भएका कारहरु कुन चाहिँ कुन कंम्पनीको कुन रङ्गको सबै कन्ठ छ । पच्चीको घरमा एउटा उ जत्रै रमेश भन्ने केटा पनि छ । उ बिहान बेलुका आमालाई भान्सामा सहयोग गर्छ । दिउँसो स्कुल जान्छ । अरु बेला पची सङ्ग खेलेर बस्छ । पचीका हजुरबासँग कार रेस पनि खेल्छ । उसलाई पहेँलो रङ्ग मन पर्ने हुनाले कार रेस खेल्दा सधैँ  पहेंलो रङ्गको कार छान्छ । कार रेसमा उ एउटा काल्पनीक साथी ” राम”  पनि राख्छ । खेल्दा सधैँ  राम हार्छ अनि उ आफू पहिलो र हजुरबा दोस्रो हुन्छन्  । घरको साथीलाई पनि उ  कहिले काहीँ कार रेस खेलाउँछ । कहिले काँही  हजुरबालाई जिताउँछ । अनि ताली बजाउँदै “आज हजुरबाले कार रेस जित्नु भयो ” भन्दै खुशी हुन्छ। बुबा आमा घर आए पछि उहाँहरुलाई पनि त्यो खवर सुनाउँ छ । नातिलाई घर भित्र मात्र खेलेर पुग्दैन । बाहिर प्राकृतिक वातावरणमा पनि भिज्न दिनु पर्छ भनेर हजुरबा  स्कुलबाट आए पछि उसलाई साथमा लिएर करेसा बारीमा बोट बिरुवा गोडमेल गर्न लगाउनु हुन्छ । माटो कोट्याउँदा गड्यौला सल्बलाउँदै बाहिर  निक्ले पछि  त्यो देखेर उ अचम्मित हुँदै “त्यो केहो, कसरी माटो भित्र बस्छ , यसले बिरुवाहरुलाई के गर्छ” भनेर प्रश्न  पनि गर्दछ। हजुरबा त्यस बिषयमा सबै प्रकृतिको नियमहरु  नातिलाई बताउँनु हुन्छ । त्यस्तै रुखमा चराको गुँड देख्दा, आकाशमा चील घुमेको देख्दा पनि उ रमाउँछ । पुस्तको पढाईलाई बलियो बनाउन प्रकृतिको लिलालाई पनि जान्नु पर्छ भन्नेकुरा हजुरबालाई थहा थियो । त्यसबारे उहाँले सबै कुरा सानो नाति प्रकटलाई बताउनु हुन्थ्यो । यी सबै कुराको जानकारी पाएर प्रकट खुसी थियो । उसको बोलिचाली सबै रसिलो थियो । उसलाई सबैले मन पराउँथे।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

मोबाइलको छायाँ

इन्दु उपाध्याय हेलेम-मिसामारी,आसाम साँझको समय थियो। रोशन कार्यालयबाट फर्किएपछि सोफामा बसेर मोबाइलमा व्यस्त थियो। सामाजिक…

12 hours ago

टोपी

अन्जु शर्मा रातोपुल टोपी हिलाम्मे थियो । हिलाम्मे भएका कारण टोपी कस्को भनेर छुट्टाउन कठिन…

12 hours ago

“धर्म”

गणेश आत्रेय मदनपोखरा,पाल्पा धर्मको नाममा। अन्धविश्वासमा॥ आपसी द्वन्द्वमा। लड्नु के व्यर्थमा! मानवी सभ्यता। धर्मको भव्यता॥…

2 days ago

अभिन्न

बिन्दु पौडेल वस्ती भरतपुर -२, चितवन गाउँको बीचमा ठूलो चौतारो थियो । गोठालाहरू लोक दोहोरी…

2 days ago

“सन्तानको मायाँ”

मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर हुँदैन सन्तानको मायाँ कहिल्यै पनि धेर थोर मैले सम्झिएकै छु तिमीले…

3 days ago

हलो

सालिक राम सत्याल बाँके ३ खजुरा हाल = मलेसिया बाजे हलो किन धुलोले छोपिएको ?…

4 days ago