Categories: बाल कथा

“हँसिलो केटो”


रञ्जुश्री पराजुली

एउटा नौ बर्षको  केटा थियो । उसको नाम प्रकट  हो । घरमा माया गरेर सबैजना उसलाई “पची” भन्दछन् । उ असल, ज्ञानी , पाठ्शालामा साथीहरुलाई अनि घर भित्र आमालाई र छिमेकमा पनि आफुले सक्ने कुरामा सबैलाई मद्दत गर्न मन पराउँछ । घरमा उसको एक जोडी पाल्तु खरायो पनि थिए । ती खरायोहरु सफा सेतो भुवा भएका राम्रा थिए । पची तिनीहरुको भाँडामा  दानापानी छ कि छैन हेर्ने, स्कुल जाने बेला पनि माया गरेर मुसार्ने अनि म आए पछि खेल्नु पर्छ है भनेर जाने गर्दथियो। पचीका आमा बाबा दुबै डाक्टर  भएकाले अलि व्यस्त  हुन्छन् । त्यसैले उ घरमा प्रायः हजुरबासँग पढ्ने, खेल्ने,कथा सुन्ने गरेर बस्छ । उसलाई मोटर, हवाईजहाजहरु  मन पर्छ । उसँग करिव पचासवटा जति विभिन्न कंम्पनीले बनाएका साना खेलौना मोटर कार र हवाई जहाज छन् । ती सबै उसले  आफ्नो कोठाको तखत्तामा  सजाएर राखेको छ । उसलाई आफूसँग भएका कारहरु कुन चाहिँ कुन कंम्पनीको कुन रङ्गको सबै कन्ठ छ । पच्चीको घरमा एउटा उ जत्रै रमेश भन्ने केटा पनि छ । उ बिहान बेलुका आमालाई भान्सामा सहयोग गर्छ । दिउँसो स्कुल जान्छ । अरु बेला पची सङ्ग खेलेर बस्छ । पचीका हजुरबासँग कार रेस पनि खेल्छ । उसलाई पहेँलो रङ्ग मन पर्ने हुनाले कार रेस खेल्दा सधैँ  पहेंलो रङ्गको कार छान्छ । कार रेसमा उ एउटा काल्पनीक साथी ” राम”  पनि राख्छ । खेल्दा सधैँ  राम हार्छ अनि उ आफू पहिलो र हजुरबा दोस्रो हुन्छन्  । घरको साथीलाई पनि उ  कहिले काहीँ कार रेस खेलाउँछ । कहिले काँही  हजुरबालाई जिताउँछ । अनि ताली बजाउँदै “आज हजुरबाले कार रेस जित्नु भयो ” भन्दै खुशी हुन्छ। बुबा आमा घर आए पछि उहाँहरुलाई पनि त्यो खवर सुनाउँ छ । नातिलाई घर भित्र मात्र खेलेर पुग्दैन । बाहिर प्राकृतिक वातावरणमा पनि भिज्न दिनु पर्छ भनेर हजुरबा  स्कुलबाट आए पछि उसलाई साथमा लिएर करेसा बारीमा बोट बिरुवा गोडमेल गर्न लगाउनु हुन्छ । माटो कोट्याउँदा गड्यौला सल्बलाउँदै बाहिर  निक्ले पछि  त्यो देखेर उ अचम्मित हुँदै “त्यो केहो, कसरी माटो भित्र बस्छ , यसले बिरुवाहरुलाई के गर्छ” भनेर प्रश्न  पनि गर्दछ। हजुरबा त्यस बिषयमा सबै प्रकृतिको नियमहरु  नातिलाई बताउँनु हुन्छ । त्यस्तै रुखमा चराको गुँड देख्दा, आकाशमा चील घुमेको देख्दा पनि उ रमाउँछ । पुस्तको पढाईलाई बलियो बनाउन प्रकृतिको लिलालाई पनि जान्नु पर्छ भन्नेकुरा हजुरबालाई थहा थियो । त्यसबारे उहाँले सबै कुरा सानो नाति प्रकटलाई बताउनु हुन्थ्यो । यी सबै कुराको जानकारी पाएर प्रकट खुसी थियो । उसको बोलिचाली सबै रसिलो थियो । उसलाई सबैले मन पराउँथे।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

23 hours ago

अस्तित्व

चम्पा दिवस राई दक्षिण सुखिम छेवैमा उभिएर ढकमक्क फुलेका गदवारीलाई हेर्दै पारिजातले भन्यो -- "फूलहरुको…

23 hours ago

“सहयोग गरौँ”

शोभा कोइराला सहर छैन उजाड भयो स्थिति कहरमा असरल्ल छ बेथिति विरहनिम्ति सदा जसरी जुटौँ…

23 hours ago

“तीज”

देव भट्टराई हाम्रो प्यारो तीज आयो घुमेर। हाँसौँ खेलौँ कर्मलाई चुमेर ।। साथीसङ्गी नाच्न आओ…

2 days ago

पुरस्कार

सन्दर्भ वालदिवस राजन् कार्की पाजु धरान सुनसरी कौशिला ए, कौशिला ! कहाँ छेस् हँ ?…

2 days ago

उज्ज्वल भविष्य

सुमन कडरिया चितवन विद्यालयको वार्षिक नतिजाको समीक्षा बैठक चलिरहेको थियो। एक शिक्षकले प्रधानाध्यापकसामु भने -…

2 days ago