OLYMPUS DIGITAL CAMERA
मित्र ‘उराठी’ गौतम
अमरपुर गुल्मी हाल तिलोत्तमा न पा-२,रुपन्देही
“ठोक् ठोक् ठोक् गोल…..!”
चितुवा गतिमा दौडिएको रातो जर्सीवाल ठिटोले अन्ततः गोल गरिछाड्यो।
कोही रातो,कोही निलो,कोही हरियो,कोही पहेँलो जर्सी पहिरिएका ठिटाहरु बडो उत्साहका साथ फूटबल खेल्दै थिए।आफूलाई मन पर्ने मनमौजी जर्सी किनेका थिए होलान् सायद ठिटाहरुले। बुङ्बुङ् धुलो उडाउँदै बेतोडसँग बल ठोक्थे।धुलोको केही प्रवाह थिएन, मस्त रमाएका थिए।
साँझ टहल्दै आएका मानध्वज मैदानसँगैको चौतारोमा सुस्ताएर खेल हेर्न मग्न थिए। एक टकले हेरिरहेका उनको चेहरा उजेलिएको थियो। घरि आफ्ना खुट्टा,पिँडौला हेर्थे घरि दौडिरहेका ठिटाहरुको चाल। आफ्नो बाल्यकाल सम्झिएर उनी उत्साहित बनेका थिए।
‘जाऊँ कि त म पनि खेल्न ? आहा ! बुङ्बुङ् उड्ने त्यो धुलोमा एकैछिन् लडिबुडी खेल्न पाए क्या गजब हुँदो हो ? ‘ मनमनै मनमनै कल्पिए मानध्वज।
हेर्दा हेर्दै साँझ ढल्कियो। ठिटाहरु सबै खेल मैदानबाट बाहिरिए।
मानध्वजको मनले उठ्न मानिरहेको थिएन। उनी आफ्नो विगत कल्पिएर त्यसमै हराए। बालापनको याद सिनेमाको रील झैँ घुमिरह्यो मस्तिष्कमा। मन त्यसै त्यसै पुलकित भयो।
“हैन् बाजे ! यो रातिमा किन यहाँ एक्लै बसेको ? कसैलाई पर्खनु भएको हो कि ?” गस्तीमा आएको सुरक्षाकर्मीको प्रश्नले उनी झस्किए।
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…