Categories: बाल कथा

अतृप्तता

मित्र ‘उराठी’ गौतम
अमरपुर गुल्मी हाल तिलोत्तमा न पा-२,रुपन्देही

“ठोक् ठोक् ठोक् गोल…..!”
चितुवा गतिमा दौडिएको रातो जर्सीवाल ठिटोले अन्ततः गोल गरिछाड्यो।
कोही रातो,कोही निलो,कोही हरियो,कोही पहेँलो जर्सी पहिरिएका ठिटाहरु बडो उत्साहका साथ फूटबल खेल्दै थिए।आफूलाई मन पर्ने मनमौजी जर्सी किनेका थिए होलान् सायद ठिटाहरुले। बुङ्बुङ् धुलो उडाउँदै बेतोडसँग बल ठोक्थे।धुलोको केही प्रवाह थिएन, मस्त रमाएका थिए।
साँझ टहल्दै आएका मानध्वज मैदानसँगैको चौतारोमा सुस्ताएर खेल हेर्न मग्न थिए। एक टकले हेरिरहेका उनको चेहरा उजेलिएको थियो। घरि आफ्ना खुट्टा,पिँडौला हेर्थे घरि दौडिरहेका ठिटाहरुको चाल। आफ्नो बाल्यकाल सम्झिएर उनी उत्साहित बनेका थिए।
‘जाऊँ कि त म पनि खेल्न ? आहा ! बुङ्बुङ् उड्ने त्यो धुलोमा एकैछिन् लडिबुडी खेल्न पाए क्या गजब हुँदो हो ? ‘ मनमनै मनमनै कल्पिए मानध्वज।
हेर्दा हेर्दै साँझ ढल्कियो। ठिटाहरु सबै खेल मैदानबाट बाहिरिए।
मानध्वजको मनले उठ्न मानिरहेको थिएन। उनी आफ्नो विगत कल्पिएर त्यसमै हराए। बालापनको याद सिनेमाको रील झैँ घुमिरह्यो मस्तिष्कमा। मन त्यसै त्यसै पुलकित भयो।
“हैन् बाजे ! यो रातिमा किन यहाँ एक्लै बसेको ? कसैलाई पर्खनु भएको हो कि ?” गस्तीमा आएको सुरक्षाकर्मीको प्रश्नले उनी झस्किए।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

19 hours ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

19 hours ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

20 hours ago

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

2 days ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

2 days ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

3 days ago