Categories: कविता

“हाम्रो अधिकार”


धनराज सिलवाल

खाने लाउने पढ्ने सबै
हाम्रो अधिकार हो।
शान्तिसँग बाँच्न पाउनु
हाम्रो अधिकार हो।

हामी बलक बच्चाहरु
यही देशका सन्तान
बाच्नलाई फोहर टिप्छौँ
खाते हामीलाई नभन।

खान पाए पढ्न पाए
हामी असल बन्नेछौॅ
यो देशको वीर बनि
असल कर्म गर्नेछौ।

हामीलाई माया गर्नुस्
आफ्नै सन्तान सम्झेर
दासी होइन खाते होईन
नेपाली सन्तान संझेर।

शव्द सुन्दर भाषण सुन्दर
कागजका पानामा
हाम्रो पीडा सधैँ उस्तै
सुसेलीका भाकामा।

अधिकार बालको
कहाॅ छ खै थाहा छैन
कागजले हक दिन्न
व्यवहार कहाॅ छ देखिन्न।

उठौँ अब बालक हामी
अधिकार लिनलाई
लिखित होईन सधैँभरी
व्यवहारमा ढाल्नलाई।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

छात्रवृत्ति

सुमन कडरिया चितवन हरेक वर्षझैँ यस वर्ष पनि विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण…

2 hours ago

धौ बजी

जानकी कर्माचार्य हरिसिद्धि, ललितपुर "ए मस्त ! धौ बजी कावाँ । ( ए बच्चाबच्चीहरू !…

3 hours ago

कृष्ण जन्माष्टमी

रामशरण न्यौपाने"पाँचघरे" अत्याचारमा कृष्ण जन्मे कंसको कारागारमा।१। कृष्ण तातैमा पुगे नन्दबाबाको घर रातैमा।२। देखे साराले…

3 hours ago

बाढीको पाठ

लक्ष्मी रिजाल पहिले गाउँलेहरू नदीसँग रिसाएका थिए । हरेक वर्ष बर्खा लागेपछि नदी उर्लन्थ्यो, खेत…

1 day ago

कृष्ण भक्ति गान

विके माकजु भक्तपुर नखाऊ गाल न चोर मखन ओ! बाल गोपाल मन सम्हाल झर्ला पर्ला…

1 day ago

प्रकृतिको कहालीलाग्दो उपहार

शोभा कोइराला कस्तो आपत भोग्नु पर्दछ हरे प्राणीहरूले यहाँ पीडा यो यति खप्नुपर्छ किन हो…

1 day ago