जानकी कर्माचार्य
हरिसिद्धि, ललितपुर
“ए मस्त ! धौ बजी कावाँ । ( ए बच्चाबच्चीहरू ! दही चिउरा लिन आउ )” भन्दै मैँचा कराउँदै थिई। असनको अलि पुरानो घरमा ढोका बाहिर उनको हातमा दही चिउरा, कालो तिलको लड्डु ,सिसाफुसा (काटेको फलफूलका टुक्राहरू ) चानचुन पैसा आदि थियो।
चारजना नातिनी पछि बल्ल नाति जन्मेको छ । मैँचा खुशी छे । नेवारी चलन अनुसार बच्चाबच्चीहरूको जन्मदिन दुई वर्ष पुगेपछि मात्र गर्ने गर्छन् । हुन त पुरानो चलन अहिले लगभग हराएको जस्तै छ । तर उनलाई भने नातिको जन्मदिन पुरानै संस्कारले गर्ने मन छ। यसरी दही चिउरा दक्षिणा अरू खानेकुरा बाँडदा नातिको ग्रहदशा जान्छ भन्ने चलनमा विश्वास छ। अनि जन्मदिनमा दही चिउराको महत्त्व पनि अति नै छ।
“अहिले कोही पनि यस्तो लिन आउँदैन के बज्यू । मैले अघि नै भनेको हैन ?” माइली नातिनी कराउँदै आई।
मैँचा भने अझै बाटोतिर कोही आईहाल्छ कि भनेर हेर्दैछे।
यतिकैमा कान्छी नातिनीले भित्री गल्लीबाट ससाना चार पाँच जना केटाकेटीहरू लिएर आई।
ती केटाकेटीहरू “बज्यै जितन जितन (मलई पनि मलाई पनि )” भन्दै हात थाप्न थाले।
मैँचा दङ्ग पर्दै बाँडन थाली । केटाकेटीहरू पनि खुशी हुँदै खानथाले।
“यस्तो फोहर खाना पनि खाने हो ? त्यो पनि हाम्रो जातको हैन,” भन्दै दाहालनी आमाले आफ्नो नातिलाई तान्दै लगी।
सुमन कडरिया चितवन हरेक वर्षझैँ यस वर्ष पनि विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण…
धनराज सिलवाल खाने लाउने पढ्ने सबै हाम्रो अधिकार हो। शान्तिसँग बाँच्न पाउनु हाम्रो अधिकार हो।…
रामशरण न्यौपाने"पाँचघरे" अत्याचारमा कृष्ण जन्मे कंसको कारागारमा।१। कृष्ण तातैमा पुगे नन्दबाबाको घर रातैमा।२। देखे साराले…
लक्ष्मी रिजाल पहिले गाउँलेहरू नदीसँग रिसाएका थिए । हरेक वर्ष बर्खा लागेपछि नदी उर्लन्थ्यो, खेत…
शोभा कोइराला कस्तो आपत भोग्नु पर्दछ हरे प्राणीहरूले यहाँ पीडा यो यति खप्नुपर्छ किन हो…