Categories: बाल कथा

एक्लो गुलाफ


अन्जु शर्मा
रातोपुल

“आज भ्यालेन्टाइन डे।यी लिली बजै ,यो युगल पार्कमा आएर के हेर्छिन्?”
“ह्या ! यी अविवाहितका के कुरा गर्नु ? उबेला विहे गर्न नमानेकी भन्थे । अहिले विहे नभएकोमा पश्चताप होला नि!”एक हुल युगलकिशोरले हाँस्दै ब्यङ्ग गरे।
लिली बजै कहिले झलमल्ल घाम र कहिले मुस्कुराएको बगैंचाको फूलमा लिइन थिइन् ।
परबाट लठ्ठी टेक्दै एक वृद्ध आए। उनलेे चारैतिर आँखा लगाए। यस्तो लाग्थ्यो उनी केही खोजी रहेछन्
म नजिकै गएर सोधेँ ” अंकल केही हराएको छ?”
” बाबु ! मेरो दिलमा सजिएको एउटा गुलाफ खोजिरहेछु। बृद्ध निशब्द :आँसु पुछ्न थाले ।
वृद्धका कुरा सुनेर लिली बजै” तिमी सुरज हौ?
वृद्ध : “हो त।”
लिली बजै निर्लज्ज बृद्धलाई अंगाल्दै ” दुनियाँलाई देखाउने जातले हामीलाई छुट्याए पनि तिम्रो गुलाफ तिम्रो दिलबाट छुटिएको छैन सुरज!”डाको छोडेर रून्छिन्।
स्कुल पढ्दापढ्दै बसेको प्रेमले अहिलेसम्म दुबै अविवाहित रहेको,जातीय कारण बिछोडिएको रहस्यमय कुराकानी सुनेर म चकित मात्र भइन।त्यो दिलमा फूल्ने गुलाफ कति अमूल्य हुँदो हो ? आफैंलाई पटकपटक प्रश्न गरें।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“मेरो सानो कोठा”

शशि अर्याल लम्साल मेरो सानो कोठा छ काेठामा एउटा ढाेका छ ढाेकाकाे छेउमा टेबुल गर्छु…

7 hours ago

बालदिवस

बलराम दंगाल रत्ननगर,चितवन हाल-अष्ट्रेलिया माया बिहानै आमासँगै हतौडा बोकेर सडकछेउ आइपुगेकी थिई। घाम चर्किँदै जाँदा…

7 hours ago

“शरद्को सुन्दरता”

मोहन प्र घिमिरे शान्तिनगर, शिद्धिचरण मार्ग, वानेश्वर आयौ शरद् घरैमा आनन्दको छ बेला मीठो समीर…

1 day ago

“बाबा घर फर्की आऊ न”

उषा बस्ताकोटी खनाल जूनमामा आफ्नै घर फर्की आउँछन् तारा पनि आफ्नै घर झल्मलाउँछन् दशैँ आयो…

1 day ago

बालबालिकाविरुद्ध हिंसा अन्त्यसम्बन्धी राष्ट्रिय कार्यशाला

बालबालिकाविरुद्ध हिंसा अन्त्यसम्बन्धी राष्ट्रिय कार्यशालामा मन्त्री सिता बादीको सहभागिता, “बालबालिकाको सुरक्षा र सम्मानमा कुनै सम्झौता…

1 day ago

शत्रु

बलराम दंगाल रत्ननगर, चितवन हाल–अष्ट्रेलिया साँझ पर्न लागेको थियो। असफलताले थाकेको युवक पीपलको रूखमुनि बसेका…

2 days ago