
वसन्त अनुभव
वसन्तविहार, घोराही दाङ
चुलो हाम्रो खाली,
रुँदै बस्यो भाँडो।
भान्साभित्र आज,
पस्यो फेरि जाडो।
खै त सिलिन्डर?
छैन नीलो ज्वाला।
भोकायो रे साने,
बिचरो के खाला?
राते सिलिन्डर,
भित्तातिर पुग्यो।
दाउरे धुवाँले
सानो आँखा दुख्यो।
लाइनमा बुबा,
बिहानै उठेर ।
रित्तो हात फर्के,
अन्तमा ढुकेर।
अमिलो भो मुख,
काँचो बिस्कुटले।
ग्यास चुलो बाँझो
भुसे चुलो बले।





