छोरी, गर्भमा नआउ ..


निर्मल पराजुली

ए हजुर्
छोरी त आईपुगिनन नि
अनायाश्
श्रीमतीको आवाज्
मेरो कानमा ठोक्कियो
पिडा मिश्रीत यी शब्दहरु
आज कल हरेक घरमा
गुन्जिन थालेका छन्
हरेक आगनमा
बेदना बनेर्
बुद्धका नयनबाट्
बगेका छन्
घडी हेरे
मेरो धडकन बढ्न थाल्यो
जस्को भरोसा
अनि
विश्वासमा
चैनको निद निदाउनु पर्ने हो
उनीहरु मनको खुशी लुट्दै
अबोध बालिकाको
बलात्कार गर्दै हिड्छन्
शान्ति र अमनचैन
स्थापनाका खातिर
खटियका
ब्यक्तिहरु
प्रलोभनमा परेर
बलात्कारका प्रमाण
मेट्दै हिड्छन
अनि
हाम्रा छोरा छोरीको बलिदानको
रगत ओच्छायर
हामीले हातको नङ्ग्रा खियायर्
बगायको
पसिना पियर
बलात्कारी बचाउने
सपना देख्दै
बालुवाटार र सिङ्गदरवार्
कुम्मकर्ण झैँ
बर्षौ देखि निदायको छ
आज मै प्रति मेरो विश्वास
हरायको छ
त्यसैले
यो देश निन्द्राबाट
नब्युँझिय सम्म
म तिम्रो अस्मिता
रक्षा गर्न सक्दिन्
बिन्ती छ
छोरी,
गर्भमा न आउ …!!!