
शरद गौतम
घोराही १५
हरि, मोहन केशव तथा अरु हरु एकै गाउमा बस्छ्न। गाउँ पनि अलि बिकटकाेगाउ जहाँ गाडी माेटर जादैनन। सदर
मुकाम आउजाउ गर्न निकै टाढा छ। हाेला करिब असी किलाे मिटर टाढा। खेतीपाती गर्नु वाहेक अरु को कल्पना गर्नै सकिन्न। सवैको धेर थोर जमिन छ , दुःख जिलो गरेर घर खर्च टार्नकाे लागि आफुले खाइ नखाइ गरेर फलफुल ,केरा ,टिमुर, हलेदाे अदुवा बिक्री गर्नका लागि शहर आउनै पर्ने बाध्यता छ। डाेकाेमा नाम्लाे लगायर शहरमा घरघर हिँडनै पर्छ। बेचन हिडदा आफुल्रे तोकेको मुल्य भन्दा ठयाकै आधामा बेच्नु पर्छ नबेचेर के गर्न ? जिन्दगीको पहाड ढकेल्नु छ । घर खर्च टार्नु न छ।
पसिनाकाे मूल्य के थाहा शहरमा बस्ने मानिसहरूलाई ? गाउँमा कसरी अनाज फलफूल फलाउन फुलाउन । घरघर डाेकामा बेच्न ल्यायकाे माललाई हलका सम्झिन्छ्न, मोहन बरबराउदै अघि बढछ। कृषि पेशाकाे महत्त्व नबुझे यस्तै हाे। न सरकारले न साहुकारले । उसको पाइला अघि बढछ र सोच्छ कहिले आउने होला यहाँ कृषककाे मन वुझ्ने सरकार।





