कुलत

मोक्ष खतिवडा

कुखाद्य नै हो मदिरा सधैँ नै
सुबुद्धि नासेर कुबुद्धि भर्ने
त्यो भावना शुद्ध रहन्न कैले
विसङ्गती भाव हुनेछ जैले।

त्यो भाँङ गाँजा कहिले नखानू
बिग्रन्छ प्रज्ञा . अब होश गर्नू
दिमाग कच्चा बनिनेछ हेर
विसङ्गती भाव लिनेछ धेर।

पैसा सकी लठ्ठक भै रहन्छौ
बेकाममा डुल्न र फिर्न थाल्छौँ
इमान आफ्नो रहँदैन कैले
विसङ्गती भाव हुनेछ जैले।

साथी लफङ्गोहरु . मात्र चुन्छौँ
जमात बन्दै अब लुट्न खोज्छौँ
धुत्ने र खाने जब हुन्छ बानी
विसङ्गती भाव हुनेछ नानी।

माया र सद्भाव सखाप बन्छन्
आफन्त नाता अब दूर हुन्छन्
शिक्षा सधैँ नै अझ ह्रास ऐले
विसङ्गती भाव लिनेछ जैले।

त्याग्नेछु चाँडै कुलती स्वभाव
ज्ञानी हुने उच्च लिनेछु सोच
सुधार आफ्नो अब गर्छु जैले
विसङ्गती भाव निखार्छु मैले।