Categories: बाल कथा

अत्तो


श्री पोखरेल
इटहरी, सुनसरी

मुनाले ताली बजाइन्। सबै खुशीसाथ मुनाका वरिपरि भेला भए। राधा भने पाखुरामा टाउको अड्याएर, गुथ्थ परी परै बसिरहेकी थिइन्।
“म अत्तो थाप्छु ल ?” मुनाले भनिन्। सबैले हुन्छ भनी मुन्टो हल्लाए।
मुनाले सोधिन्, “हिँड्दैछ, पाइला मेट्दैछ—के हो ?”
जवाफ दिन सब हतारिए। कसैले मान्छे हिँडेको भने। कसैले हात्ती हिँडेको।
मुना मुसुक्क हाँसिन्, “भएन, भएन!” भनिन्।
गाउँखाने कथाको सही उत्तर नआए गाउँ दिनुपर्थ्यो। कसैले भन्न सकेनन्।
“कस्ले गाउँ दिन्छ ?,” मुनाले भनिन्।
अञ्जलीले ‘ रिनचेन्पोङ’ लैजाउ भनिन्।
“हुँदैन,” मुनाले हात हल्लाउँदै भनिन्, “अलि ठूलो चाहिन्छ।”
साथीहरूसँग रिसाएकी राधा अलिक पर बसेकी थिइन् । अन्ततः उनी हल्का मुस्कुराएर भनिन्, “खोलामा डुङ्गा तारेको।”
स्रेजाले गुनसो गर्दै भनिन्, “अनि खेल्नै नचाहेकी जस्ती पर बसेकी थियौ त!”
राधाले पनि मौका छोपेर भनिन्, “खेल्न मन छ, र त बोलेको नि!”
मुना राधा छेउमै पुगिन्।
“त्यसोभए अब झगडा नगरी खेलौँ ल ? रिसले कुरा बिगार्छ। मिलेर खेले मात्र रमाइलो हुन्छ। तिमीले उत्तर ठिक भन्यौ,” उनले भनिन्।
अञ्जलीले हाँसेर भनिन्, “अब त गाउँ दिनै परेन!”
राधा मुस्कुराइन्। सबैले हात समाते।
राधाले हत्तनपत्त अत्तो थापिन्, “खै खै साथीहरू, म अघि जान्छु—के हो ?”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

21 hours ago

एकता

तुलसी पण्डित आमा यता हेर्नू न यी कमिलाहरूको करामत, आमाले दृष्टि पुर्याउनु भयो । त्यहाँ…

21 hours ago

परिणाम

धनसिंह विश्व गेजिंग, पश्चिम सिक्किम त्यही दिनदेखि आर्यनले बुवाको अनुहार हेर्नु त के बोलेकै थिएन।…

2 days ago

-एकत्व

विवेक शर्मा गौतम टोखा-३,काठमाडौं “हजुरबा, त्यो रुख किन रोएको जस्तो देखिन्छ ?” आर्यनले सोध्यो। हजुरबाले…

2 days ago

मोबाइलको छायाँ

इन्दु उपाध्याय हेलेम-मिसामारी,आसाम साँझको समय थियो। रोशन कार्यालयबाट फर्किएपछि सोफामा बसेर मोबाइलमा व्यस्त थियो। सामाजिक…

3 days ago

टोपी

अन्जु शर्मा रातोपुल टोपी हिलाम्मे थियो । हिलाम्मे भएका कारण टोपी कस्को भनेर छुट्टाउन कठिन…

3 days ago