Categories: बाल कथा

-एकत्व


विवेक शर्मा गौतम
टोखा-३,काठमाडौं

“हजुरबा, त्यो रुख किन रोएको जस्तो देखिन्छ ?” आर्यनले सोध्यो।
हजुरबाले मुस्कुराउँदै भने, “रुख रोएको होइन बाबु, हामी मानिसले यसको मन दुखाएका हौँ।”
विद्यालयले वृक्षारोपण अभियान चलाएको थियो। गाउँका सबै जात, धर्म र उमेरका मानिस एउटै डाँडामा भेला भए। कसैले खाल्डो खन्यो, कसैले बिरुवा समात्यो, कसैले पानी हाल्यो।
त्यही बेला दुई छिमेकी फेरि पुरानो रिस सम्झेर वादविवाद गर्न थाले।
“म तिम्रो छेउमा काम गर्दिनँ,” एकले भन्यो।
हजुरबा अघि बढे। एउटा सानो बिरुवा देखाउँदै भने, “यो बिरुवा कसको हो?”
सबै मौन भए।“माटो एउटै, पानी एउटै, घाम एउटै। यसले कहिल्यै सोध्दैन-मलाई कुन जात वा कुन धर्मले रोप्यो?”
दुवैको टाउको निहुरियो। उनीहरूले एकअर्कातर्फ हात बढाए।
आर्यन हाँस्यो, “अब त रुख पनि हाँस्यो, होइन ?”
हजुरबाले उत्तर दिए, “जब मनहरू जोडिन्छन्, प्रकृति पनि मुस्कुराउँछ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

परिणाम

धनसिंह विश्व गेजिंग, पश्चिम सिक्किम त्यही दिनदेखि आर्यनले बुवाको अनुहार हेर्नु त के बोलेकै थिएन।…

56 minutes ago

मोबाइलको छायाँ

इन्दु उपाध्याय हेलेम-मिसामारी,आसाम साँझको समय थियो। रोशन कार्यालयबाट फर्किएपछि सोफामा बसेर मोबाइलमा व्यस्त थियो। सामाजिक…

1 day ago

टोपी

अन्जु शर्मा रातोपुल टोपी हिलाम्मे थियो । हिलाम्मे भएका कारण टोपी कस्को भनेर छुट्टाउन कठिन…

1 day ago

“धर्म”

गणेश आत्रेय मदनपोखरा,पाल्पा धर्मको नाममा। अन्धविश्वासमा॥ आपसी द्वन्द्वमा। लड्नु के व्यर्थमा! मानवी सभ्यता। धर्मको भव्यता॥…

2 days ago

अभिन्न

बिन्दु पौडेल वस्ती भरतपुर -२, चितवन गाउँको बीचमा ठूलो चौतारो थियो । गोठालाहरू लोक दोहोरी…

2 days ago

“सन्तानको मायाँ”

मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर हुँदैन सन्तानको मायाँ कहिल्यै पनि धेर थोर मैले सम्झिएकै छु तिमीले…

4 days ago