Categories: बाल कथा

-एकत्व


विवेक शर्मा गौतम
टोखा-३,काठमाडौं

“हजुरबा, त्यो रुख किन रोएको जस्तो देखिन्छ ?” आर्यनले सोध्यो।
हजुरबाले मुस्कुराउँदै भने, “रुख रोएको होइन बाबु, हामी मानिसले यसको मन दुखाएका हौँ।”
विद्यालयले वृक्षारोपण अभियान चलाएको थियो। गाउँका सबै जात, धर्म र उमेरका मानिस एउटै डाँडामा भेला भए। कसैले खाल्डो खन्यो, कसैले बिरुवा समात्यो, कसैले पानी हाल्यो।
त्यही बेला दुई छिमेकी फेरि पुरानो रिस सम्झेर वादविवाद गर्न थाले।
“म तिम्रो छेउमा काम गर्दिनँ,” एकले भन्यो।
हजुरबा अघि बढे। एउटा सानो बिरुवा देखाउँदै भने, “यो बिरुवा कसको हो?”
सबै मौन भए।“माटो एउटै, पानी एउटै, घाम एउटै। यसले कहिल्यै सोध्दैन-मलाई कुन जात वा कुन धर्मले रोप्यो?”
दुवैको टाउको निहुरियो। उनीहरूले एकअर्कातर्फ हात बढाए।
आर्यन हाँस्यो, “अब त रुख पनि हाँस्यो, होइन ?”
हजुरबाले उत्तर दिए, “जब मनहरू जोडिन्छन्, प्रकृति पनि मुस्कुराउँछ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

ढोका

सुमन कडरिया चितवन राति अबेरसम्म छोरी घर नफर्किएपछि आमाको ध्यान बारम्बार ढोकातिर थियो। उनले फोन…

13 hours ago

“शरद् छ मस्त”

गणेश आत्रेय मदनपोखरा,पाल्पा हिलो र मैलो सुक्यो हरायो। वर्षा गयो लौ शरद् उदायो॥ हराभरा छन्…

13 hours ago

जन्मदिन

ह्रदय लेकाली ए समीरका बाबा, "भोलि छोराले मेरो जन्मदिन मनाइदिनुपर्छ भनेर कचकच गरेको छ के…

13 hours ago

प्रतिज्ञा

पुण्यप्रसाद घिमिरे आदित्य गाउँमा बस्थ्यो । ऊ सानै र अबोध भएकाले जे मन लाग्यो त्यही…

2 days ago

“पश्चाताप”

माहेश्वरी भट्ट देख्छ्याै पक्कै, मनविच आहा, भावना उर्लिएकाे। हाँस्दै बोल्दै, स्नेह ममता, प्रेमले कुर्लिएकाे।। छाती…

2 days ago

बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो

काठमाडौँ, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले…

2 days ago