गणेश आत्रेय
मदनपोखरा,पाल्पा
हाम्रो नाति छ हेर;
अल्छी छैन ल हेर।
प्रातः काल सबेर;
उठ्छ ज्ञानी बनेर॥
दिशा-पिसाब सकेर;
मुहार सफा गरेर।
कापी कलम समात्छ;
पुस्तक खोल्छ र पढ्छ॥
सफासुग्घर भएर;
खानापिना गरेर।
पोसाकमा सजेर
स्कूल-गाडी चढेर॥
पाठशाला पुगेर;
शिक्षक सँगी मिलेर।
दिनभरि पाठ पढेर;
फिर्दछ साँझ अबेर॥
हात-गोडा पखाल्छ;
खाजा खान्छ टिमाल्छ।
गृहकार्य सब सकेर;
केहीबेर त पढ्छ॥
आऊ मुमाहजूर;
खेलौँ बुवाहजूर।
भन्दै गर्छ हतार;
हाँस्दै खेल्छ हजार॥
टिभी हेर्न मन गर्छ;
मोबिलमा पनि रम्छ।
खेल्न र खान सकिन्छ;
अनि त नाति नि सुत्छ॥
नाति हाम्रो अजान;
अल्छी हुन्छ नठान।
ज्ञानी गुनी हुनेछ;
चन्द्रलाई छुनेछ॥
लालबहादुर भुजेल पहिलै पहिलै हिन्दू धर्म संस्कृतिकाे पढाई, गुरूकुलमा हुने गर्थ्याे लेखाई र सिकाई !…
अन्जु शर्मा रातोपुल मूर्तिका आँखाबाट आँसु खसे। उसले ढोकाबाट अवलोकन गर्दै गरेका मूर्तिकारलाई नमन गर्दै…
आत्मराम न्यौपाने जल्ले बाँड्नुभयो प्रकाशित दियो सद्ज्ञानको चेतको जल्ले मेट्नुभयो घनान्ध मनको अज्ञान सङ्केतको जल्ले…