Categories: बाल कथा

असफलता

मनोहरी पौडेल
गैडाकोट १

गुरुप्रसाद माध्यमिक विद्यालयका प्रधानाध्यापक थिए। एसइइको नतिजा निस्कने बित्तिकै स्टाफ मिटिङ राखे।विद्यालयका साना तिना शिक्षकका माग पूरा गर्न नसकेर पो सबै विद्यार्थी अनुत्तीर्ण भएका हुन कि ? उनलाई शंका लाग्यो। दुईवटा थिए प्रस्ताव । सर्वप्रथम प्रअले आफ्ना कमजोरी औँल्याइ दिन सबै शिक्षक कर्मचारीलाई प्रस्ताव गरे। सबैलाई भोलिको चिन्ता थियो कसैले केही बोलेनन्।
दोस्रो प्रस्ताव आयो -“हजूरहरुले आ -आफ्ना कमजोरी आफैँले औल्याएर विद्यालयको पठनपाठन सुधार्न पर्नेछ । “ल भन्नुहोस् एक एक गरी ! “पालैपालो भन्दै गए। उनीहरुका कमजोरी आफैँ भन्ने प्रयास गर्दै थिए। माविका गणित शिक्षक भन्दै थिए–“नौ कक्षामा पुगेका विद्यार्थीले हातलागि जोड जान्दैन, कसरी सिकाउनु ? तलैदेखि कमजोर छन् विद्यार्थी। त्यही अनुसार सुधार हुनु पर्यो।” प्रअले टिप्दै गए।
मावि तहका सबै विषय शिक्षकहरु तल्लो कक्षामा कमजोरी भए पछि माथि जति जोड गरे पनि नहुने कुरामा अडान लिए।
प्रअलाई अप्ठ्यारो पर्यो। मावि तहको पालो सकिएको घोषणा गरेर घर पठाए। अब आधारभूत तहका शिक्षकलाई सोही प्रस्ताव राखे । सबैले तल्लो कक्षा कमजोर भएका विद्यार्थीलाई सिकाउन गाह्राे भनेर पन्छिए। त्यहाँ वालकक्षा (इसिडी) की शिक्षक पनि हुनु हुन्थ्यो उहाँको तर्क व्यङ्गात्मक रुपमा यस्तो आयो -“सबैका कुरा सुन्दा बाल कक्षामा दस कक्षा सम्मको सिकाएर पूर्ण गराउन पर्ने पो रहेछ हगी हेडसर ?”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

शून्यको यात्री र रित्तो सेतो छडीको रोदन

रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…

9 hours ago

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

10 hours ago

पुलेसो

बिन्दु पाैडेल वस्ती भरतपुर -२, चितवन पहाडको फेदमा सम्म परेको फाँट थियो । खेतीयोग्य जमिन…

10 hours ago

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

1 day ago

एकता

तुलसी पण्डित आमा यता हेर्नू न यी कमिलाहरूको करामत, आमाले दृष्टि पुर्याउनु भयो । त्यहाँ…

1 day ago

परिणाम

धनसिंह विश्व गेजिंग, पश्चिम सिक्किम त्यही दिनदेखि आर्यनले बुवाको अनुहार हेर्नु त के बोलेकै थिएन।…

2 days ago