Categories: बाल कथा

असली मानवता


सुर्यनाथ कोइराला

छोराले सोध्यो बुबालाई, –“बुबा, उहिले तपाईँको जवानिमा मोबाइल थिएन, टीभी थिएन, गाडी थिएन, औषधि थिएन, डाक्टर थिएन,फेसबुक, युट्युब त के नाम पनि थाह थिएन!
चप्पल थिएन, राम्रो कपडा थिएन, भातभन्दा धेरै दिन धानको झोल खाएर बाँच्नुपर्थ्यो, त्यस्तो अवस्थामा तपाईँहरू कसरी बाँचेको ? कसरी रमाइलो गर्नुहुन्थ्यो ? कसरी ९०, १०० वर्ष बाँचेको ?”
बुबाको आँखा टोलायो, मुटु सम्झनाले भरियो, अनि बिस्तारै भने –“छोराको बोली मिठो लाग्यो, प्रश्न गहिरो लाग्यो… बुबाले भने –”हामीसँग मोबाइल थिएन, तर सम्बन्धमा नेटवर्क बलियो थियो। गाडी थिएन, तर हिँड्दा साथ दिने साथी थिए।
औषधि थिएन, तर खानामा विष होइन, जीवन थियो। डाक्टर थिएन, तर जडीबुटीको ज्ञान हरेक बुढाबाआमामा थियो। टीभी थिएन, तर घरको आँगनमै गीत, गफ र लोककथाले मनोरञ्जन हुन्थ्यो। कपडा कम थियो, तर लाज र शिष्टता भरिपूर्ण थियो। चप्पल थिएन, तर बाटोमा धुलो मात्र हुन्थ्यो – काँडो र तिरस्कार होइन। समयसँग पैसा कम थियो, तर सन्तुष्टि धेरै थियो। भोक थियो, तर बाँड्ने मन थियो।
हामीसँग सबैथोक थिएन, तर एक अर्काको आँखा बुझ्ने आँखा थियो।”
बाबाले भन्दै जानू भयाे “ बाबू अहिले त सबैथोक छ – तर मुटु खाली छ। घर ठूलो छ – तर साथ टाढा छ।
मिठा परिकार छन् – तर मिठास हराएको छ।” साँचो खुशी त हामीसँग थियो, जहाँ जिन्दगी सरल थियो र सन्तोष नै सबैभन्दा ठूलो सम्पत्ति थियो।
बुबाको उत्तरले छोरो गम्भीर भयो । उसले पहिलो पटक महसुस गर्यो । पुरानो समय अभावमा होइन, असली मानवताको उपस्थिति थियो।

सुर्यनाथ कोइरालाको फेसबुक वालबाट साभार

सारथि बाल पत्रिका

View Comments

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

शिक्षा

अनिल गुरुङ गिंग लेबोङ बाबा, यो पालि म फस्ट भयो भने मलाई फोन किनी दिनु…

16 hours ago

“बाढी को कहर”

कृष्णशरण उपाध्याय पौडेल बाढी आइरहेछ गाउँ घरमा, चीत्कारमा देश छ गाना गाइरहेछ मृत्यु डरमा -…

16 hours ago

“मूना”

दुर्गा पाैड्याल मूना थिएँ ऐले म त ,बन्थेँ काेपिला फक्रिएर भाेलिपर्सि ,शुभास छर्दथेँ मलाई देख्दा…

16 hours ago

मध्यरातको त्यो सर्प

इन्दु उपाध्याय विश्वनाथ, असम रातको पौने बाह्र बजेको थियो। घरभरि गहिरो सन्नाटा थियो। सबैजना निद्रामा…

2 days ago

आइसक्रिमका यादहरू

राजेन्द्र परदेसी हजुरबुबा छतमा बसेर पत्रिका पढिरहनुभएको थियो। त्यही बेला नाति आनन्द उहाँको नजिक आएर…

2 days ago

“नानी गरिमा”

शरद गौतम हे नानी गरिमा निमोठियौ तिमी बाल्यकालमा जसै इच्छा आकाँक्षा तिम्रा कति थिए उजाडभएनि…

2 days ago