Categories: बाल कथा

गुरु दक्षिणा


विष्णु थापा

केही वर्षअघि देउसीको एक-दुई दिन अघि गाउँको स-साना लगभग एघार बाह्र वर्षको उमेरको केटाहरू मलाई भेट्न आए। नमस्कार गरे। मैले आउने कारण सोधेँ।
“त्यस्तो के कारण पर्यो, मलाई नै भेट्नु पर्ने ?”
“अङ्कल ! हामी देउसी खेल्ने। देउसी भट्याउने लेखिदिनोस् न !”
“नाथेहरू ! त्यति पनि जान्दैनौ ? हामी आफैँ आको होइन बलिराजले पठाको, केराको थाममा पाँच भाइ जम्मा, रातो माटो चिप्लो बाटो, बर्ष दिनको चाडबाड। यस्तो पनि लेख्नु पर्छ र ?” हाँस्दै भनेँ।
“होइन अङ्कल ! त्यो सब पुरानो ढर्राको होइन। नयाँ पाराको लेखिदिनोस् न !” चञ्चल हुँदै एउटो केटोले भन्यो।
“………” गम्भीर भएँ, केही बोलिनँ। सोचेँ। मलाई खुशी लाग्यो। स-साना भए तापनि यी केटाहरूको विचार भनुँ वा मनसाय भनुँ मलाई सुन्दर लाग्यो। भनेँ, “ठिकै छ। मलाई सोच्नु पर्छ। तिमीहरू भोलि बिहान आऊ। म लेखेर रेडी गरेर राखिदिन्छु ।”
“हुन्छ अङ्कल !” भन्दै ती केटाहरू रमाउँदै गए।
नेपाली जातिहरू हिन्दु हुँदाहुँदै पनि अरू हिन्दु जाति भन्दा अलग्गै छ । हाम्रो आफ्नै देउसी भैलो छ । हाम्रो आफ्नै विजया दशमीको टीका छ। हाम्रो आफ्नै फूलपाती छ। हामीले हाम्रो संस्कृति पालन गर्नु पर्छ । हामीले आफ्नो संस्कृति बिर्सनु हुन्न। हामी मंगर, राई, नेवार, बाहुन ,तामाङ, कामी, दमाई भनेर झगडा गर्नु हुन्न है ! जसरी पाँच औँला मिलेर एउटा हत्केला बनिन्छ। हत्केला डल्लो पारे मुट्ठी बनिन्छ। त्यसरी नै जात जात मिलेर जाति भनिन्छ। जाति मिलेर गतिलो समाज बनिन्छ। छोरा छोरीलाई घाँस दाउरामा नपठाऊ आमा जसरी हुन्छ स्कूल पठाऊ।
सारांशमा यस्तै नै भट्याउने लय अनुसार लेखेर बिहान त्यो केटाहरूलाई कागज दिएँ । अनि रमाउँदै गए पनि। तिहार बितेर गयो। एक हप्तापछि ती केटाहरूलाई भेटेँ। सोधेँ, देउसी कस्तो भयो भनेर सोधेँ।
“एकदमै दामी भयो। हाम्रो देउसी प्रत्येक घरमा नै मन लगाएर घर परिवारले सुने। जहाँ पचास रूपियाँ पाउने आश थियो त्यहाँ डेढ सय दुई सय गरेर दक्षिणा पायौँ। ” रमाउँदै एउटा ठिटोले भन्यो।
म पनि मनमनै खुशी भएँ। जे होस् राम्रै भएछ। मैले प्रश्न गरेँ “तिमीहरू ले त कमायौ। मेरो गुरु दक्षिणा चाहिँ खोई ?”
उत्तरमा ती केटाहरू मेरो सामु उभिएर सिर निहुराएर प्रणाम गरे। म गद्गद् भएँ। मैले गुरुदक्षिणा पाएँ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“साना हातका चित्रकलामा ठुला सन्देश !”

घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…

14 hours ago

योग

अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…

14 hours ago

“योगमहिमा”

योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…

15 hours ago

प्रकोप

हेमराज अधिकारी सिक्किम,भारत दिनभर पानी ओइरियो। माटोले सकेजति थामेकै थियो। खेत हरियालीले ढाकिएका थिए। किसानहरू…

2 days ago

“पढ बाबू नानी”

चेतनाथ दाहाल ज्ञानी भइ राम्रोसँग पढ बाबू नानी राम्रो लक्ष लिई अधि बढ बाबू नानी…

2 days ago

“बुझ्याै ? बाबू नानी”

फेसबुक कवि बैत्यश्वर-६,दाेलखा कुरा बुझ बाबु नानी, बाबा भन्नुहुन्छ, ओैलाभाँच्दै आमा पनि, कामै गन्नुहुन्छ। चाँडै…

2 days ago