Categories: बाल कथा

आजका विद्यार्थी

 


बिन्दु पौड्याल वस्ती
भरतपुर-२,चितवन

“ऊ आयो, आयो। जाम् भित्र” रमेशले चिच्यायो। सुशीला नसुनेको झैँ गरी सरासर कक्षा कोठातर्फ लागिन्। “धन्य ! आज त गृहकार्य हेर्नुभएन है।” अर्को विद्यार्थीले साथीसँग खासखुस कुरा गर्दै भन्यो।
“हिजो गृहकार्य नगरेर रमेशले एक पिरियडभरि उभिनु परेको थियो। त्यसैले मैले त रातभरि बसेर सबै गृहकार्य सकेर आएको।” सबिनले साथीहरूलाई सुनायो।
सुशीलाले विद्यार्थीलाई आफ्नै सन्तान जस्तै माया, ममता गर्ने र सही निर्देशन दिने गर्थिन्। जबसम्म आफ्नो बाबु, नानीले राम्रो गर्दैनन् तबसम्म साम, दाम, दण्ड, भेदको नीति लिएर सक्षम बनाएरै छाड्थिन् । अनावश्यक कुरामा नबहकिने, आफ्नो सीप, क्षमता प्रयोग गरी सबैलाई सक्षम बनाएर छाड्ने स्वभाव थियो उनको । उनले बालकको व्यक्तित्व विकासमा अनुशासन पहिलो संयन्त्र ठान्थिन् र सबैलाई एउटै गतिमा हिँडाउने प्रयत्न गर्थिन्।
सुशीला अचम्मित भइन्। हिजो आफू भनेपछि सबै विद्यार्थीहरू हुरुक्क हुने र अक्षरंश पालन गर्नेहरू आज मुख फर्काउँछन्। आजका नयाँ पुस्ताहरू विषयवस्तुप्रति हेलचक्राई गर्ने, आफ्ना लागि नभएर गुरु र अभिभावकको लागि अध्ययन गरिदिएको ठान्ने, आफ्नो भविष्यप्रति सचेत नदेखिने,भौतिक वस्तुप्रति बढी लालायित हुँदै गएको पाउँछिन्। सुशीलाको मनमा अनेक कुरा खेल्छन्। उनलाई आफ्नो पेशा नै असहज र धरापमा परेको जस्तो लाग्छ। अन्त्यमा उनले महशुस गर्छिन् कि शिक्षकको उमेरसँगै विद्यार्थीको दृष्टिकोण र व्यवहारमा परिवर्तन हुँदो रहेछ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

20 hours ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

20 hours ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

2 days ago

“सबै मेरा साथी”

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…

2 days ago

छोरी, गर्भमा नआउ ..

निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…

4 days ago

सहमति

अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…

4 days ago