दुर्गा पौडेल
आउन साथी मिलाउँन हात
खेलाैँ हाेली मिलेर साथ साथ।
रङ् खेल्ने चाड हाे याे ,खेलाैँ रङ् सबै
आपसमा सद्भाव राखी हाँसी खुशी गर्दै।
आउन साथी मिलाउन हात
खेलाैँ हाेली मिलेर साथ साथ।
मिठा मिठा चिजविज खाउ गाँजा भाङ हाेईन
त्यस्ता चिजले कसैकाे नि भलाे गर्दैन।
आउन साथी मिलाउँन हात
खेलाैँ हाेली मिलेर साथ साथ।
राता नीला रङ् खेलाैँ ,कालाे दल्ने हाेईन
बाटाे हिंड्ने बटुवालाई लाेला हान्ने हाेइन।
आउन साथी मिलाउँन हात
खेलाैँ हाेली मिलेर साथ साथ।
काेही मान्छे दुःखमा हुन्छन्,काेही हुन्छन् सुखमा
जवरजस्ती रङ् दल्नु , हुन्न उनकाे मुखमा।
आउन साथी मिलाउन हात,
खेलाैँ हाेली मिलेर साथ साथ।
काेहीँ हिंड्छन् काम विशेषले अरु गाउँ सहर
तिनलाई रङ् लगाउने नगराैँ है रहर।
आउन साथी मिलाउन हात
खेलाैँ हाेली मिलेर साथसाथ।
आपसमा सद्भाव राखी खेल्ने चाड हाे हाेली
मायागरी सबैसँग बाेलाैँ मिठाे बाेली।
आउन साथी मलाउन हात
खेलाैँ हाेली मिलेर साथ साथ।
घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…
मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…
इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…
काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…