उमानाथ दाहाल
शिवसताक्षी नगरपालिका दूधे झापा
गोपिकृष्णको आँगनमा आइपुगेका हरिकुमारले अस्कोटको गोजीबाट एउटा कागजको पोको निकाले । पोको खोल्दै उनी गोपिकृष्णको छेउमा पुगेर भने – ” आज दाजुबाटै होली खेल्ने काम शुरू गर्नु पर्यो ।”
गोपिकृष्णले इन्कार गरे – ” किन दल्नु रङ्ग बित्थामा, होस् ।”
” पर्व त मानौ न । पौराणिक कालदेखि चलिआएको पर्व ।” हरिकुमारले आग्रहको भाषा बोले ।
” रङ्ग दलो कपडा बिगारो के फाइदा छ आखिर ?” गोपिकृष्ण झर्किए ।
” ओहो दाजु ! फाइदै फाइदा छ नि । राम्रो रङ्गको प्रयोगले छालाको रोग निको हुने, भर्खरै गएको शीतकालको कफको
औषधी हुने, अरू कति छन् कति ।” हरिकुमारले सम्झाए ।
” के के छन् आरू ?” गोपिकृष्णले चासो बढाए ।
यहीबेला एकहुल रङ्गिएका, हातमा पिच्कारी बोकेका प्रफुल्ल मनका युवा युवती नजिकैबाट अगाडि गए । एकछिन् त्यो दृश्य हेरेका हरिकुमार गोपिकृष्ण तर्फ फर्किए र उनको जिज्ञासा समाधान गर्दै भन्न लागे- ” अरू फाइदा पनि छन् । आपसी सद्भाव र सामाजिक मेलमिलापकालागि यो पर्व त कोषे ढुङ्गा नै हो नि ।”
” अझै छन् कि फाइदाका कुरा ?” भन्दै गोपिकृष्णले राखेको थप जिज्ञासामाथि बोल्दै हरिकुमारले भने – ” पापी प्रवृत्तिको प्रतिक होलिका मारिए पछि प्रारम्भ भएको यस पर्वले समाजमा पापी प्रवृत्तिको अन्त्य र धर्मी र परोपकारी प्रवृत्तिको विकासमा जोड दिई सामाजिक सुधारमा वल पुर्याउँछ अनि भएन त फाइदै फाइदा ?”
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…