उमानाथ दाहाल
शिवसताक्षी नगरपालिका दूधे झापा
गोपिकृष्णको आँगनमा आइपुगेका हरिकुमारले अस्कोटको गोजीबाट एउटा कागजको पोको निकाले । पोको खोल्दै उनी गोपिकृष्णको छेउमा पुगेर भने – ” आज दाजुबाटै होली खेल्ने काम शुरू गर्नु पर्यो ।”
गोपिकृष्णले इन्कार गरे – ” किन दल्नु रङ्ग बित्थामा, होस् ।”
” पर्व त मानौ न । पौराणिक कालदेखि चलिआएको पर्व ।” हरिकुमारले आग्रहको भाषा बोले ।
” रङ्ग दलो कपडा बिगारो के फाइदा छ आखिर ?” गोपिकृष्ण झर्किए ।
” ओहो दाजु ! फाइदै फाइदा छ नि । राम्रो रङ्गको प्रयोगले छालाको रोग निको हुने, भर्खरै गएको शीतकालको कफको
औषधी हुने, अरू कति छन् कति ।” हरिकुमारले सम्झाए ।
” के के छन् आरू ?” गोपिकृष्णले चासो बढाए ।
यहीबेला एकहुल रङ्गिएका, हातमा पिच्कारी बोकेका प्रफुल्ल मनका युवा युवती नजिकैबाट अगाडि गए । एकछिन् त्यो दृश्य हेरेका हरिकुमार गोपिकृष्ण तर्फ फर्किए र उनको जिज्ञासा समाधान गर्दै भन्न लागे- ” अरू फाइदा पनि छन् । आपसी सद्भाव र सामाजिक मेलमिलापकालागि यो पर्व त कोषे ढुङ्गा नै हो नि ।”
” अझै छन् कि फाइदाका कुरा ?” भन्दै गोपिकृष्णले राखेको थप जिज्ञासामाथि बोल्दै हरिकुमारले भने – ” पापी प्रवृत्तिको प्रतिक होलिका मारिए पछि प्रारम्भ भएको यस पर्वले समाजमा पापी प्रवृत्तिको अन्त्य र धर्मी र परोपकारी प्रवृत्तिको विकासमा जोड दिई सामाजिक सुधारमा वल पुर्याउँछ अनि भएन त फाइदै फाइदा ?”
घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…
मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…
इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…
काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…