Categories: बाल कथा

“आवाज”

प्रेम पुन मगर
ढोरपाटन नगरपालिका ४ बागलुङ
“मम्मी, आज म डान्सको फाइनलमा छु है!”
सात वर्षीया प्रिशाले उफ्रँदै भनिन्।
“पहिला भाइ सुतोस्, अनि जे गर्नुछ गर।”
मीराले मोबाइलबाट आँखा नउठाई उत्तर दिइन्।
प्रिशाको अनुहार अलि ओइलायो।
उसले बिस्तारै झ्यालतिर हेरी। बाहिर छिमेकीको घरबाट गीत बजिरहेको थियो।
त्यही बेला कोठाभित्रबाट रोएको आवाज आयो।
“हेर न, फेरि उठ्यो!”
मीरा झर्किंदै भित्र पसिन्।
सानो छोरो रोइरहेको थियो।
प्रिशाले बिस्तारै भनिन्।
“मम्मी, म अभ्यास चाहिँ…?”
“तैले नाच्नै परे राति नाच्। अहिले भाइलाई डिस्टर्ब नगर।”
प्रिशा चुप भइन्।
साँझ पर्यो।
घरमा पाहुना आएका थिए। मीरा सबैलाई मेरो छोरो कति “स्मार्ट” छ भनेर सुनाउँदै थिइन्।
“छोरा त हाम्रो घरको खुशी हो।”
उनी गर्वले हाँसिन्।
त्यो सुनेर कुनामा बसेकी प्रिशाले आफ्नो डान्सको ड्रेस झोलाभित्र हालिन्।
छिमेकी आन्टीले देखिन्।
“ए प्रिशा, तिम्रो प्रतियोगिता थिएन आज ?”
प्रिशाले हल्का मुस्कान दिइन्।
“थियो… तर भाइ सुतिरहेको थियो।”
आन्टी चुप भइन्।
प्रिशाले झोला काँधमा हाल्दै सुस्त बोलिन्।
“आफ्नो खुशी जोगाउन खोज्दा… मम्मीले मेरो खुशी नै सुताइदिनुभयो।”
सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

टिफिन

इन्दु उपाध्याय हेलेम- मिसामारी,आसाम मध्याह्नको घण्टी बज्नासाथ सबै विद्यार्थीहरू आफ्ना टिफिन खोल्न थाले। कसैको बक्समा…

1 hour ago

भोक

रीता मिश्रा तिवारी भागलपुर बिहार वि जीको बैठक कोठामा आज छलफलको विषय भोकमरी र बेरोजगारीको…

1 hour ago

खुशी

गीताश्री शर्मा गान्तोक, सिक्किम प्रदुषणमुक्त गाउँ शान्तिनगर जसलाई सूर्यको पहिलो किरणले छुनेगर्छ । सूर्यको पहिलो…

2 hours ago

“असार महिना”

रञ्जुश्री पराजुली खेतीको बेला आमा है रोपछिन् मकै र भटमास हरिया मकै रमाई खानछन् भनेर…

2 days ago

इमान्दार

तुलसी पण्डित हजुर मलाई एक रुपयाँ दिनु न। बाटो हिँडिरहेको एक केटाले हात पसार्दै भन्यो…

2 days ago

“असार”

देव भट्टराई आयो असार महिना खुश छन् किसान। फर्केर आउँछ भनी सुखको बिहान॥ बेकार राख्छ…

3 days ago