तुलसी पण्डित
हजुर मलाई एक रुपयाँ दिनु न।
बाटो हिँडिरहेको एक केटाले हात पसार्दै भन्यो । मैले तीन दिन भो खान न पाएको।
दिग्विजय हिँड्दाहिड्दै उसको आवाजले रोकियो।
केटो हेर्दा दस बाह्र वर्षको वर्षको छ । खानको लागि उसले भिख मागी रहेछ । उनले केटोलाई भने।
“मैले एक रूपयाँ दिए के गर्छौ ?”
केटोको आशा पलायो । उसले भन्यो।
“हजुरले एक रूपयाँ दिनु भयो भने म हजुर जस्तै बीस जनासँग एकएक रूपयाँ मागेर केही खानेकुरा किनेर खान्छु ।”
“मैले बीस रूपयाँ दिए भने के गर्छौ ?”
“आजलाई कोहीसँग पनि माग्दिन । त्यसैले खानेकुरा किनेर खान्छु ।”
मैले एक हजार दिए भने ?
“सुन्तला ल्याएर बेच्छु । माग्न हिड्दिन।”
“पाँच हजार दिए भने के गर्छौ ?”
केटोले जिल्ल पर्दै भन्यो।
जुत्ता सिउनको लागि केही सामान ल्याएर कुनै चोकमा बस्छु । अझ खटेर निरन्तर काम गर्छु।
दिग्विजयले उसलाई पाँच हजार निकालेर दिए।
केही समयपछि दिग्विजय त्यही माग्ने केटाको सन्मुख भएर जाँदै थिए । केटोले जुरुक्क उठ्दै दिग्बिजय भएको आाउँमा गएर भन्यो।
हजुरले दिएको पैसाले मैले धेरै पैसा आर्जन गरे । ल लिनु होस् हजुरले दिनु भएको पाँच हजार।
दिग्विजयले खुशी हुँदै भने, “भो त्यो पैसा मलाई दिनु पर्दैन । बरू तिमी जस्तै दुख पाउने इमान्दार केटोलाई देऊँ जसले त्यो पैसाले केही गर्न सकोस् ।”
काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…
रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…
धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…