Categories: विविध

कक्षाकोठा व्यवस्थापनका ५ सुझावहरू :


अनुशा अर्याल

१. कुनै पनि गतिविधि अघि निर्देशन दिनु आवश्यक हुन्छ। खेल समय, वा कुनै पनि अन्य कार्य अघि निर्देशन दिनाले बच्चाहरूलाई के गर्नुपर्छ भनेर स्पष्ट हुन्छ। यसले उनीहरूलाई कार्य अनुशासन सिकाउन मद्दत गर्छ।
२. घर फर्किन ५ मिनेट अघि सबै विद्यार्थीलाई आफ्नो सामान उचित ठाउँमा राख्न, झोला जाँच गर्न, पोशाक मिलाउन, र घर फर्कने सुरक्षा नियमहरू पालना गर्न सम्झाउनुहोस्।
३. विद्यार्थीहरूका व्यक्तिगत आवश्यकता र कमजोरीलाई ध्यानमा राखी, समय समयमा आईईपी अनुसार Individual Educational Plan (IEP) व्यक्तिगत शिक्षण योजना लागू गर्नुहोस्, विशेषगरी फुर्सदको समयमा उनीहरूको व्यक्तिगत सक्षमता बढाउन मद्दत गर्दछ।
४. लगातार कक्षाहरू नलिई, बीच-बीचमा केही रिफ्रेशमेन्ट गतिविधिहरू गराउनाले विद्यार्थीहरूको ध्यान र उत्साह बढ्छ र कक्षा वातावरण ताजा रहन्छ।
५. विद्यार्थीहरूलाई नियमित रूपमा पानी पिउन, शौचालय जान सम्झाउनुहोस्, र कुनै स्वास्थ्य समस्या भएमा तुरुन्तै जानकारी गराउन सुझाव दिनुहोस्।

सारथि बाल पत्रिका

Recent Posts

“धन्यवाद”

पुण्यप्रसाद घिमिरे धन्यवाद धन्यवाद धन्यवाद सबैलाई धन्यवाद हावापानी घामजून सबैलाई धन्यवाद। धन्यवाद बाबा आमा, जन्म…

2 hours ago

विष

सुमन कडरिया चितवन “बुबा ! आज मानिसहरूले साच्चै नै हामीलाई भगवान् मानेर पूजा गर्छन् रे…

3 hours ago

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

1 day ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

1 day ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

3 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

3 days ago