कोषवल्लभ रेग्मी
दे न पा ७,सिद्धिथुम्का इलाम

“……….!!!पुन्टेकी आमा आएर घैँटोबाट पुन्टेको हात झिकिदिइन्। अनि बल्ल पुन्टेले बयर खान पायो। कथा खत्तम ! अब सुत्नुपर्छ है।”-आमाले पुन्टे र बयरको कथा सुनाई सकेर छोरा कालुलाई भनिन्।
“आहा! कस्तो राम्रो कथा!! अब यौटा सुनाउनुन आमा!!!”
“अब निन्द्रा लाग्छ, सुत्नुपर्छ। भोलि सुनाउँला सुत।” आमाले कालुलाई थुम्थुम्याईन्।
“नाई के! यौटा त सुन्ने!”-कालुले जिद्दी गर्यो।
“लौ भैगो त ! म यौटा सुनाउँछु। तर फेरि अर्को पनि भन्न चाहिँ नपाई है…!”
“हुन्छ आमा !”कालु रमाउँदै कथा सुन्न तयार भयो।
आमाले कथा भन्न शुरु गरिन्-“कुनै गाउँमा बाबु आमा र सानो दुई वर्षको छोरा बस्थे। छोराको नाउँ लालु थियो।उनीहरु गरिब थिए तर ईमानदार थिए।
“झन्डै मेरो जस्तै र´छ नि आमा उसको नाउँ?”
“अँ ! ध्यान दिएर सुन्।-लालु सानु भएको हुँदा उसकी आमा घरमै कामगर्दै उसको हेरचाह गर्थिन्। लालुका बा कहिले गजे माजनको बारीमा हलो जोत्न जान्थे त कहिले कमाने साहुको भारी बोक्न। यसरी दुःखगरेर ल्याएको ज्यालाले उनीहरूको जिवीका चलेको थियो।”
“जिवीका भनेको के आमा ?” कालू बिचैमा बोल्यो।
“जिवीका भनेको दुःखले खानु-लाउनु,व्यवहार चलाउनु लाटा!! ल सुन् ! बर्खाको बेला थियो। लालुको बा साहुको भारी बोक्न मधेस झरेका थिए। जाँदा आउँदा बाटामा ठूलो खोला तर्नु पर्थ्यो। खोलामा बाढी आएको रहेछ। लालुका बासँग अरु साथीहरू पनि थिए। उनीहरू “खोला घट्ला र तरौँला” भनेर केही समय पर्खेर बसे। तर खोला घटेन। यतिकैमा लालुका बा र साथीहरू “तरिन्छ होला” भन्दै खोलामा पसेछन्। साथीहरू मुस्किलले खोला तरेर वारि आएर हेर्दा लालुका बालाई देखेनन्।”
“अनि लालुका बा खोला तरेर आएनन् त आमा ?”
“कसरी आउनु ! खोलाले बगाएपछि ?”आमाले रसिला आँखा परिन्।
“अनि हाम्रा बा चैँ कहाँ हुनुहुन्छ ? आउनुहुन्न त आमा ! भन्नू न आमा ! हाम्रा बा खै ?”-कालुले उसकी आमाको घाउ झनै बल्झायो।
उनले यो कुरा नभनौँ भन्दा भन्दै पनि भन्न करै लाग्यो।
“तेरो बाकै कथा भन्दैछु बाबु म ऐले।”
“आमा किन रुनुभएको ? साच्चै हाम्रै बाको कथा हो त यो ? अब हाम्रा बा आउनुहुन्न त आमा?”-भन्दै कालू पनि आमाको काखमा घोप्टो परेर रुन थाल्यो र केही क्षणमै निदायो।तर आमाभने छोरा कालुको टाउकाको कपाल सुम्सुम्याउँदै सुक्क-सुक्क रोइरहिन्॥

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

20 hours ago

अस्तित्व

चम्पा दिवस राई दक्षिण सुखिम छेवैमा उभिएर ढकमक्क फुलेका गदवारीलाई हेर्दै पारिजातले भन्यो -- "फूलहरुको…

21 hours ago

“सहयोग गरौँ”

शोभा कोइराला सहर छैन उजाड भयो स्थिति कहरमा असरल्ल छ बेथिति विरहनिम्ति सदा जसरी जुटौँ…

21 hours ago

“तीज”

देव भट्टराई हाम्रो प्यारो तीज आयो घुमेर। हाँसौँ खेलौँ कर्मलाई चुमेर ।। साथीसङ्गी नाच्न आओ…

2 days ago

पुरस्कार

सन्दर्भ वालदिवस राजन् कार्की पाजु धरान सुनसरी कौशिला ए, कौशिला ! कहाँ छेस् हँ ?…

2 days ago

उज्ज्वल भविष्य

सुमन कडरिया चितवन विद्यालयको वार्षिक नतिजाको समीक्षा बैठक चलिरहेको थियो। एक शिक्षकले प्रधानाध्यापकसामु भने -…

2 days ago