Categories: बाल कथा

कन्यार्थ


मधुसूदन प्रसाद घिमिरे

घरमा छाेरी पन्ध्र पुगिसकी छाेरीकाे लागि याैटा राम्राे वर खाेज्नु परेन भन्या ? हजुरलाई केही मतलवछैन । म मात्र तातेर काम बन्दैन । हैन हजुर के भाकाे ?
घरमा श्रीमतीले कर्कर गरिन् बुढाले भने, “अहिलेकाे समयमा पन्ध्र बर्षमा बिहे गर्न त हुँदैन। कानूनले छाेरीकाे उमेर २० बर्ष पार हुुनुपर्छ भनेकाे छ । बुढाकाे कुरामा वास्तै नगरी बुढी रन्किन थालिन्। हाम्री छाेरीकाे न्वारन गर्न आएकाे हो ? हाम्री छाेरीकाे उमेर पुगिसक्याे । कसैकाे केही लाग्छ । मेरा बिहे म नछुने नहुँदै गरेकाे हैन । के नाेक्सान भएकाे छ त ?
तपाईँ जे सुकै भन्नाेस, म त छाेरी फुलाएर राख्दिन छाेरीबिहे छिटै गर्छु । तपाईँले नखाेजे मै खाेज्न थाल्छु । बुढालाई आपत् प-याे । बुढाले इष्टमित्रलाई गुहारे।
केटाकाे कुरा आयाे । केटाे केटीकाे चित्त बुझ्याे। यता उति बुझ्न पनि बुझे । केटा राम्राे केटी सुहाउँदाे रहेछ । केटाले भन्याे म सवै कुरामा निपुण छु तर दुईटा कुरा मलाई गर्न आउँदैन । त्याे कुरामा कसैले बिमति जनाएन । सवैकाे गुण अवगुण त हुन्छ नै उनीहरुले यस्तै ठाने । छाेरीकाे विहे भयाे । केटीले घरमा सकल काम धान्न थाली। दुलाहा त खान्छ, सुत्छ सधैँ यसै क्रम देखेर दुलही दिक्क भइ । माइती आएकाे बेलामा सवै कुरा गरी । केटीकाे पिताले बुझ्न छाेरीकाे घर गए। ज्वाइँ त सुती पाे राखेकाे छ।
ससुरा आएकाे देखेर नि ऊ उठ्दैन त । ससुरा बाले ज्वाइँलाई उठाए। ढाेगी दिए। कुराकानि भयाे । ससुराले साेधे :- हजुरकाे खास काम छैन त आज, “अब ज्वाँइले जवाफ दियाे । मेराे अवगुण केही छैन मैले हजुरलाई भनी पनि सकेकाे छु। दुईटा मेरा अवगुण हुन्। ती के भने, नखाउन्जेल बाेल्नै सक्दिन, बाेल्नै नसक्नेले काम गर्ने कुरा भएन। खाए पछि चल्नै सक्तिन। चल्नै नसक्नेले काम गर्ने कुरा भएन।
ससुरा तीन छक्क् परे। अक्क न वक्क् भै घर फिरे।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

मोबाइलको छायाँ

इन्दु उपाध्याय हेलेम-मिसामारी,आसाम साँझको समय थियो। रोशन कार्यालयबाट फर्किएपछि सोफामा बसेर मोबाइलमा व्यस्त थियो। सामाजिक…

8 hours ago

टोपी

अन्जु शर्मा रातोपुल टोपी हिलाम्मे थियो । हिलाम्मे भएका कारण टोपी कस्को भनेर छुट्टाउन कठिन…

9 hours ago

“धर्म”

गणेश आत्रेय मदनपोखरा,पाल्पा धर्मको नाममा। अन्धविश्वासमा॥ आपसी द्वन्द्वमा। लड्नु के व्यर्थमा! मानवी सभ्यता। धर्मको भव्यता॥…

1 day ago

अभिन्न

बिन्दु पौडेल वस्ती भरतपुर -२, चितवन गाउँको बीचमा ठूलो चौतारो थियो । गोठालाहरू लोक दोहोरी…

1 day ago

“सन्तानको मायाँ”

मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर हुँदैन सन्तानको मायाँ कहिल्यै पनि धेर थोर मैले सम्झिएकै छु तिमीले…

3 days ago

हलो

सालिक राम सत्याल बाँके ३ खजुरा हाल = मलेसिया बाजे हलो किन धुलोले छोपिएको ?…

3 days ago