शारदा दहाल भण्डारी
“बिहान् चाँडै उठेर काम सक्ने अनि पढ्नुपर्छ है !” भेषराजले शेषराजलाई भन्थ्यो।
“पढेर हात्ती ठुलो भएको हो र ?” “म त सात बजे मात्रै उठने हो!” शेषराजले तुरुन्तै जवाफ दिन्थ्यो।
एउटै उमेर, र आर्थिक स्थितिसमेत उस्तै भएका दौँतरीको कक्षा एउटै भएपनि पढाइमा भेषराज निकै अब्बल थियो भने शेषराज बुद्धु थियो । वल्लोपल्लो घर , खेती पनि सीमा मिल्ने भएकोेले स्कुल र काममा सँगै जानेआउने गर्थे ।
भेषराज गाउँघरमै दु:ख गर्दै पढिरह्रो र गाउँकै विद्यालयमा शिक्षक भयो।
शेषराज भने कक्षा दस पास गर्न नसकी विदेशिएको थियो । घरमा आउने जाने गरेपनि तीन दसकसम्म उनीहरूको खास सम्पर्क हुन नपाइ शहरबासी भयो।
बालसखाले सहरमा घर बनाएर बसेको र आफ्नो शहर घुम्ने रहर पुरा गर्न भेषराज पनि एकपटक शहर गए। शहरिया जीवन उच्चस्तरीय चालचलन भएका शेषराजको रहनसहनमा भिन्न शैली थियो।
बिहान् चाँडै उठ्ने , योगध्यान गर्ने, सादा खाना खाने, श्रीमतीसँगै सरसफाइमा खट्ने र छोराछोरीप्रति साथीको व्यबहार देखिन्थ्यो।
आश्चर्य मान्दै भेषराजले परिवर्तनबारे सोधे। जवाफमा “आफ्नो लागि मात्र होइन नि जिन्दगी ,पहिला त मैले अल्छी गरेपनि म मात्रै ठगिन्थेँ । अहिले गरेँ भने त ( छोराछोरीलाई देखाएर) यी सबैको जीवन प्रभावित हुन्छ नि !” भन्दै मुस्कुराए।
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…