Categories: बाल कथा

परिवर्तन


शारदा दहाल भण्डारी

“बिहान् चाँडै उठेर काम सक्ने अनि पढ्नुपर्छ है !” भेषराजले शेषराजलाई भन्थ्यो।
“पढेर हात्ती ठुलो भएको हो र ?” “म त सात बजे मात्रै उठने हो!” शेषराजले तुरुन्तै जवाफ दिन्थ्यो।
एउटै उमेर, र आर्थिक स्थितिसमेत उस्तै भएका दौँतरीको कक्षा एउटै भएपनि पढाइमा भेषराज निकै अब्बल थियो भने शेषराज बुद्धु थियो । वल्लोपल्लो घर , खेती पनि सीमा मिल्ने भएकोेले स्कुल र काममा सँगै जानेआउने गर्थे ।
भेषराज गाउँघरमै दु:ख गर्दै पढिरह्रो र गाउँकै विद्यालयमा शिक्षक भयो।
शेषराज भने कक्षा दस पास गर्न नसकी विदेशिएको थियो । घरमा आउने जाने गरेपनि तीन दसकसम्म उनीहरूको खास सम्पर्क हुन नपाइ शहरबासी भयो।
बालसखाले सहरमा घर बनाएर बसेको र आफ्नो शहर घुम्ने रहर पुरा गर्न भेषराज पनि एकपटक शहर गए। शहरिया जीवन उच्चस्तरीय चालचलन भएका शेषराजको रहनसहनमा भिन्न शैली थियो।
बिहान् चाँडै उठ्ने , योगध्यान गर्ने, सादा खाना खाने, श्रीमतीसँगै सरसफाइमा खट्ने र छोराछोरीप्रति साथीको व्यबहार देखिन्थ्यो।
आश्चर्य मान्दै भेषराजले परिवर्तनबारे सोधे। जवाफमा “आफ्नो लागि मात्र होइन नि जिन्दगी ,पहिला त मैले अल्छी गरेपनि म मात्रै ठगिन्थेँ । अहिले गरेँ भने त ( छोराछोरीलाई देखाएर) यी सबैको जीवन प्रभावित हुन्छ नि !” भन्दै मुस्कुराए।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

मोबाइलको छायाँ

इन्दु उपाध्याय हेलेम-मिसामारी,आसाम साँझको समय थियो। रोशन कार्यालयबाट फर्किएपछि सोफामा बसेर मोबाइलमा व्यस्त थियो। सामाजिक…

10 hours ago

टोपी

अन्जु शर्मा रातोपुल टोपी हिलाम्मे थियो । हिलाम्मे भएका कारण टोपी कस्को भनेर छुट्टाउन कठिन…

10 hours ago

“धर्म”

गणेश आत्रेय मदनपोखरा,पाल्पा धर्मको नाममा। अन्धविश्वासमा॥ आपसी द्वन्द्वमा। लड्नु के व्यर्थमा! मानवी सभ्यता। धर्मको भव्यता॥…

1 day ago

अभिन्न

बिन्दु पौडेल वस्ती भरतपुर -२, चितवन गाउँको बीचमा ठूलो चौतारो थियो । गोठालाहरू लोक दोहोरी…

1 day ago

“सन्तानको मायाँ”

मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर हुँदैन सन्तानको मायाँ कहिल्यै पनि धेर थोर मैले सम्झिएकै छु तिमीले…

3 days ago

हलो

सालिक राम सत्याल बाँके ३ खजुरा हाल = मलेसिया बाजे हलो किन धुलोले छोपिएको ?…

3 days ago