बिनोद प्रसाद ढकाल
इनरुवा , सुनसरी
विद्यालयमा आज शिक्षकले सोधे:
शिक्षक: “तपाईँहरूले कसैलाई खुशी बनाएको क्षण सुनाउनुहोस्।” कमला उभिइन्।
कमला: “एक दिन म बाटोमा हिँड्दै थिएँ। एउटी सानी बहिनी भोकले रोइरहेकी थिई। मसँग भएको चाउचाउ दिएँ।” शिक्षक: “त्यसपछि के भयो?”
कमला: “ऊ मुस्काई। अनि भनी, ‘दिदी, तपाईँ परी हो ?’” सबै विद्यार्थी हाँसे। शिक्षकले भावुक हुँदै भने:
शिक्षक: “साँचो उपहार भनेको पैसाको होइन, मनको हो।” बेलुकी घरमा आमाले सोधिन्:
आमा: “आज स्कूलमा के भयो छोरी ?”
कमला: “आज म सबैको नजरमा नायिका भएँ। म सधैँ अरूको मन जित्ने काम गर्न चाहन्छु।”
आमा: “मेरो छोरी त साँच्चै सुनजस्ती मनकी छस।” त्यस दिन कमलाले बुझिन्—सफलता अरूलाई खुसी बनाउन सक्नु पनि हो।
मोहन प्र घिमिरे शान्तिनगर, शिद्धिचरण मार्ग, वानेश्वर आयौ शरद् घरैमा आनन्दको छ बेला मीठो समीर…
उषा बस्ताकोटी खनाल जूनमामा आफ्नै घर फर्की आउँछन् तारा पनि आफ्नै घर झल्मलाउँछन् दशैँ आयो…
बालबालिकाविरुद्ध हिंसा अन्त्यसम्बन्धी राष्ट्रिय कार्यशालामा मन्त्री सिता बादीको सहभागिता, “बालबालिकाको सुरक्षा र सम्मानमा कुनै सम्झौता…
बलराम दंगाल रत्ननगर, चितवन हाल–अष्ट्रेलिया साँझ पर्न लागेको थियो। असफलताले थाकेको युवक पीपलको रूखमुनि बसेका…
आत्माराम न्यौपाने तिम्रा साना कर-कलमले लेख्छ नौलो भविष्य तिम्रा साना मृदु नयनले देख्छ सम्पूर्ण विश्व…