Categories: बाल कथा

कुटनीति


राजन् कार्की पाजु
धरान, सुनसरी

“मैँया ए मैँया ! अझै उठेकी छैनस् कि के हो ? झट्ट चिया बनाएर ले !”
बिहान नित्य कर्म सकेर छोरीलाई अह्राउँदै सुन्तली कोठामा पसिन्।
बुहारी भित्र्याए देखि सुन्तली बुहारीलाई भन्दा छोरीलाई बढी कामधाम लाउन थालेकी थिईन्। बलरामलाई पत्नीको यो व्यवहार कुन्नी किन हो ठीक लागेको थिएन! यो विषयलाई लिएर बावुआमा र छोरी बिच वेला वेला विवाद समेत हुने गर्दथ्यो।
“हैन! त्यो छोरीलाई मात्रै कति दाब्छौ हँ ? बुहारीले गर्दै होलिन् त !” बलरामले पत्नीलाई शान्त पार्ने प्रयास गरे!
यतिकैमा शीतलले चिया ल्याईन्।
“हैन त्यो अझै उठिन र ? तिमीले पो ल्यायौ त बुहारी !” सुन्तलीले बाहिर नियाल्दै भनिन्।
“भै गो त ! बुहारीले ल्याई हालिन् खाउन !” बलरामले चिया लिँदै भने।
“त्यसले चैँ गर्न हुन्न घरको काम धन्दा ? सधैँ भाउजुको बाटो हेरेर हुन्छ ?”
उनी छोरी तर्फ फेरी खनिईन्।
“नरिसाउनुस्न आमा! नानी उठेर भर्खर वाथरुम पस्नु भा’छ। भन्दै शितल भान्छातिर लागिन्।
“हैन! तिमलाई छोरीको मायां लाग्दैन सुन्तली? बुहारी भित्र्याए देखि त छोरीलाई देखी सहन छाड्यौ त किन हो ?”
बलरामले छोरीको पक्षपोषण गर्दै सोधे।
“आमालाई छोरीको मायां हुन्न र भन्या?” सुन्तलीले भृकुटी उचाल्दै प्रतिप्रश्न सोझ्याईन्।
“किन त छोरीलाई नै सधैँ पेल्छौ ? ” बलराम उनको जबाफले छक्क परे।
पतिको नाकैमा चोर औँला पुर्याउँदै सुन्तलीले प्रस्ट्याईन्- “यसैलाई भन्छन् छोरी कुटेर बुहारी कज्याउनु !”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

परिणाम

धनसिंह विश्व गेजिंग, पश्चिम सिक्किम त्यही दिनदेखि आर्यनले बुवाको अनुहार हेर्नु त के बोलेकै थिएन।…

12 hours ago

-एकत्व

विवेक शर्मा गौतम टोखा-३,काठमाडौं “हजुरबा, त्यो रुख किन रोएको जस्तो देखिन्छ ?” आर्यनले सोध्यो। हजुरबाले…

12 hours ago

मोबाइलको छायाँ

इन्दु उपाध्याय हेलेम-मिसामारी,आसाम साँझको समय थियो। रोशन कार्यालयबाट फर्किएपछि सोफामा बसेर मोबाइलमा व्यस्त थियो। सामाजिक…

2 days ago

टोपी

अन्जु शर्मा रातोपुल टोपी हिलाम्मे थियो । हिलाम्मे भएका कारण टोपी कस्को भनेर छुट्टाउन कठिन…

2 days ago

“धर्म”

गणेश आत्रेय मदनपोखरा,पाल्पा धर्मको नाममा। अन्धविश्वासमा॥ आपसी द्वन्द्वमा। लड्नु के व्यर्थमा! मानवी सभ्यता। धर्मको भव्यता॥…

3 days ago

अभिन्न

बिन्दु पौडेल वस्ती भरतपुर -२, चितवन गाउँको बीचमा ठूलो चौतारो थियो । गोठालाहरू लोक दोहोरी…

3 days ago