रामशरण न्यौपाने”पाँचघरे”
अत्याचारमा
कृष्ण जन्मे कंसको
कारागारमा।१।
कृष्ण तातैमा
पुगे नन्दबाबाको
घर रातैमा।२।
देखे साराले
गरे लीला अनेकौँ
कृष्ण प्याराले।३।
कर्मको मियो
कृष्णले नै जगाए
ज्ञानको दियो।४।
इन्द्रकोछल
गोबर्धन बोकेर
पारे बिफल।५।
सारी भुसुक्क
कदमको रुखमा
कृष्ण मुसुक्क।६।
वंशी बजाए
सारी चोरे कृष्णले
गोपी लजाए।७।
रास वितृष्ण
सोह्र सय गोपिनी
सबैमा कृष्ण।८।
एकै तुलामा
राधाकृष्ण झुलेको
हेरौँ झुलामा।९।
लोक तारेर
कृष्ण फर्के धाममा
कंस मारेर।१०।
झुकेर आम
जगत् गुरु कृष्णमा
सबैमा घना
कृष्ण जन्माष्टमीको
शुभकामना।१२
सुमन कडरिया चितवन हरेक वर्षझैँ यस वर्ष पनि विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण…
धनराज सिलवाल खाने लाउने पढ्ने सबै हाम्रो अधिकार हो। शान्तिसँग बाँच्न पाउनु हाम्रो अधिकार हो।…
लक्ष्मी रिजाल पहिले गाउँलेहरू नदीसँग रिसाएका थिए । हरेक वर्ष बर्खा लागेपछि नदी उर्लन्थ्यो, खेत…
शोभा कोइराला कस्तो आपत भोग्नु पर्दछ हरे प्राणीहरूले यहाँ पीडा यो यति खप्नुपर्छ किन हो…