Categories: बाल कथा

फूलको थुङ्गा

विवेक शर्मा गौतम
टोखा काठमाण्डौ

धेरै पटक मुक्का हानाहान भयो। एक अर्कालाई भुत्ल्याए । खुइल्याए। एक अर्कालाई नाङ्गेझार पार्ने काम गरे।
भमराले मौरीलाई फूलमा बस्न नहिने भनेर फूलका थुङ्गाहरु समक्ष प्रचारप्रसार गऱ्यो। माहुरी पनि के कम ? उनीहरुको काम र कृयाकलापले फूलाका थुङ्गाहरुलाई केहि सकारात्मक प्रभाव पऱ्यो। माहुरीको संख्या पनि वृद्धि हुदै गयो । फूलका थुङ्गाहरुले पटक पटक दुबैको कृयाकलाप र विशेषताहरु नियाले। भमरो र मौरीको उद्देश्य फरक थियो। फूलले दिएको मह भमरोले त्यहि खाएर सक्थ्यो। तर मौरीले भने संचितको लागि फूलले दिएको मह घरमा लैजानु पर्थ्यो । दुबैले अजिर्ण भएर बाँकि रहेको सन्तती लाई भनेर जम्मा गर्थे । भमरोले लुकाउँथ्यो । माहुरीले पनि आफू खान्थ्यो बाँकि रहेको देखाउँथ्यो। अनेक जात जाती रङी विरङ्गी फूल नै उनिहरुको मोज मस्ती गर्ने र बाँच्ने आधार थियो। उनीहरुले आ आफ्नो व्यवस्थाको बारेमा बखान गर्न थाले। न कुनै सिदान्त न कुनै आदर्श न कुनै नैतिकता, खाली व्यक्तिगत कुन्ठा रिसिवी जलन र डाहा मात्रा भएको कुरा थुङ्गाहरुले देखे, सुने। । दुखी गरीबमारा र साहु महाजन मारा भनेर एक अर्कामा आरोप प्रत्यारोप गरे।
छलफलबाट सबै कुरामा विमति भयो । तर एउटै कुरामा सहमति भयो। फूलको थुङ्गाले उत्पादन गरेको रस दुबैले संगै संगै खाने रमाउने अनि थुङ्गालाई सुकाउने ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

19 hours ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

19 hours ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

20 hours ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

2 days ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

2 days ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

2 days ago