सृजना घिमिरे ढकाल
सयौँ वर्ष अगाडि, बाँदर पनि कुकुरजस्तै घरपालुवा जनावर थियो। त्यसबेला गाउँमा मानिस र जनावरहरू सँगै मिलेर बस्थे। प्रत्येक जनावरको आ -आफ्नै बानी थियो। कुकुर ज्ञानी थियो — कसैले केही खानेकुरा दिँदा पुच्छर हल्लाएर धन्यवाद भन्थ्यो, आफू बसेको घरको रक्षा गर्थ्यो, अनि यदि कुनै जंगली जनावर गाउँमा आएको देखेमा भुक्दै गाउँलेलाई खबर गर्थ्यो। तर बाँदर भने बदमाश थियो। ऊ सधैँ चकचक गर्थ्यो — अरूको घर भत्काइदिने, बारीमा फलेका फलफूल नसोधी चोरेर खाने, बाटोमा हिँड्ने मानिसलाई ढुंगा हान्ने जस्ता दुष्कर्म गर्थ्यो। गाउँलेले उसलाई सुधार्ने धेरै प्रयास गरे। तर जति सिकाए पनि बाँदरले उपद्रव गर्न छाडेन।
बाँदरको यस्तो हर्कत देखेर दिक्क भएका गाउँलेहरूले अन्ततः एउटा निर्णय गरे — उसलाई गाउँमा नराखी जंगलमा लगेर छोड्ने। सबै गाउँलेहरू मिलेर बाँदरलाई जंगलमा लगेर छोडिदिए। त्यसै दिनदेखि बाँदर जंगलमा बस्न थाल्यो, तर चकचक गर्न भने छाडेन।
आफ्नो खराब बानी सुधार्न नसक्दा बाँदर जंगलमा पुग्यो, भने राम्रो बानीका कारण कुकुर आज हामी सबैको प्रिय साथी बनेको छ।
घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…
अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…
योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…
चेतनाथ दाहाल ज्ञानी भइ राम्रोसँग पढ बाबू नानी राम्रो लक्ष लिई अधि बढ बाबू नानी…
फेसबुक कवि बैत्यश्वर-६,दाेलखा कुरा बुझ बाबु नानी, बाबा भन्नुहुन्छ, ओैलाभाँच्दै आमा पनि, कामै गन्नुहुन्छ। चाँडै…