सृजना घिमिरे ढकाल
सयौँ वर्ष अगाडि, बाँदर पनि कुकुरजस्तै घरपालुवा जनावर थियो। त्यसबेला गाउँमा मानिस र जनावरहरू सँगै मिलेर बस्थे। प्रत्येक जनावरको आ -आफ्नै बानी थियो। कुकुर ज्ञानी थियो — कसैले केही खानेकुरा दिँदा पुच्छर हल्लाएर धन्यवाद भन्थ्यो, आफू बसेको घरको रक्षा गर्थ्यो, अनि यदि कुनै जंगली जनावर गाउँमा आएको देखेमा भुक्दै गाउँलेलाई खबर गर्थ्यो। तर बाँदर भने बदमाश थियो। ऊ सधैँ चकचक गर्थ्यो — अरूको घर भत्काइदिने, बारीमा फलेका फलफूल नसोधी चोरेर खाने, बाटोमा हिँड्ने मानिसलाई ढुंगा हान्ने जस्ता दुष्कर्म गर्थ्यो। गाउँलेले उसलाई सुधार्ने धेरै प्रयास गरे। तर जति सिकाए पनि बाँदरले उपद्रव गर्न छाडेन।
बाँदरको यस्तो हर्कत देखेर दिक्क भएका गाउँलेहरूले अन्ततः एउटा निर्णय गरे — उसलाई गाउँमा नराखी जंगलमा लगेर छोड्ने। सबै गाउँलेहरू मिलेर बाँदरलाई जंगलमा लगेर छोडिदिए। त्यसै दिनदेखि बाँदर जंगलमा बस्न थाल्यो, तर चकचक गर्न भने छाडेन।
आफ्नो खराब बानी सुधार्न नसक्दा बाँदर जंगलमा पुग्यो, भने राम्रो बानीका कारण कुकुर आज हामी सबैको प्रिय साथी बनेको छ।
माहेश्वरी भट्ट देख्छ्याै पक्कै, मनविच आहा, भावना उर्लिएकाे। हाँस्दै बोल्दै, स्नेह ममता, प्रेमले कुर्लिएकाे।। छाती…
काठमाडौँ, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले…
विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन उद्धार…
शोभा कोइराला युवा हुन् देशका तारा युवा हुन् देशका प्यारा न होऊ है युवा हाम्रा…