कोषवल्लभ रेग्मी
देउमाई न पा ७ इलाम
तीजको दर खाने दिन आमा नयाँ लुगा लगाउँदै झोला बोकेर हिँडेको देखेर नानुले भनी-“आमा कता जानुभा’को ?” “म मावल गएर आउँछु तिमी घरैमा बस है!”-आमा बोल्दै बाटो लागिन्। “नाई आमा म पनि मावल जाने। अनि खिरीपापा खाने के!”-नानुले जिद्दी गरी। आमाले सम्झाइन्। घरकी हजुरआमा ,बाबा कसैलाई टेरिन नानुले। आखिर नानू आमासँगै नगइ नसक्ने भई। “त्यसो भए नाना लाएर आइज!” आमाको भनाइले ऊ खुशी हुँदै अघिअघि बुर्कुसी मारी। “तीज भनेको के आमा ?” “हामी जस्ता विहे भएका आमाहरु माइत जाने, भेलाहुने,रमाइलो गर्ने चाड हो नानू!” “अनि मेरो बिहे कहिले गर्दिने आमा ? म पनि तपाईँ जस्तै माइत जान्छु नि!”-बाटोभरी नानुले हुने-नहुने अनेकन कुरा सोधेर आमालाई वाक्कै पारी। दुई घण्टा हिँडेपछि उनीहरू मावल पुगे। मावलमा एक्ली आमामात्र बस्नुहुन्थ्यो। गाई -भैंसी पाल्ने हैसियत थिएन। मावली आमा(हजुरआमा),आमा र नानू भएर घरमा भएको साधारण दाल, भात, तर्कारी पकाएर मीठो मान्दै खाए। मावल भनेपछि केटाकेटीलाई केही चाहिँदैन। ऊ खुशी हुँदै आमासँग यताउता घुम्न थाली। छेउमा एकजना मामा पर्नेको घर थियो। नानू घुम्दै त्यहाँ पुगी र भित्र पसी। “मामा के खानुभा’को ? खिरीपापा हो?” “हैन उता जा!तेरी आमाको घरजाने बेला भयो ऐले छाड्लिन्!”-मामाले खाँदै गरेको थाल उता लुकाएर भने। नानू दौडदै आइ र आमालाई भनी-“पल्ला घरे मामाले खिरीपापा खाँदै हुनुहुन्छ। मलाई दिनुभएन कराउनु भयो। हामी पनि पापा पकाएर खाउँन आमा !”-नानुले फेरि अर्को अत्तो थापी। “हजुरआमा एक्लै हुनुहुन्छ। गाई पाल्न सक्नुहुन्न। त्यसैले नपकाएको। अब भोलि घर गएर खानुपर्छ है !” “त्यसोभए भोलि हजुरआमालाई पनि हाम्रै घर लिएर जाउँ। हाम्रोमा गाई छ। पापा पकाएर हजुरआमालाई पनि दिनुपर्छ। यहाँ एक्लै बस्नुहुँदैन ल हजुरआमा !” नानुको यो कुराले आमा छोरी आँखाभरि आँसु पार्दै सोच मग्न भए….।।
रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…
रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…
निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…
अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…
View Comments
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me? https://accounts.binance.bh/ru/register?ref=O9XES6KU