Categories: कविता

“टपरी”

केशवराज अधिकारी

जङ्गलको पातको
कसरी हो कसरी।
बनाउनु भो आमाले
ज्यादै राम्रो टपरी।

टुक्रा टुक्रा बाँसका
ल्याउनु भयो चिनेर।
बने सिन्का मसिना
खुर्लुङ्गेले चिरेर।

भन्नुहुन्छ आमाले
टपरीलाई ठहर।
मलाई पनि टपरी
सिलाउने छ रहर।

पात सिन्का समाएँ
टपरी त बनाए।
त्यत्ती राम्रो भएन
तर पनि रमाएँ।

कतै कतै भन्छन् रे
टपरीलाई पतरी।
जस्ले जे जे भने पनि
यो हो पाते टपरी।

पैला पैला चाडपर्ब
बिबाहका भतेर।
टपरीमा खान्थे अरे
टक्र्याटुक्रु बसेर।

जङ्गलमा गए पछी
पात थुप्रै पाइने।
पुजाआजा गर्दा खेरी
टपरी नै चाहिने।

अक्षता र फुल्पाती
नैबेद्दका प्रकार।
देवताको पुजा गर्छौँ
टपरीमा सजार।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

4 minutes ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

24 hours ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

1 day ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

1 day ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

2 days ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

2 days ago