कल्पना मरासिनी
भूमिकास्थान ९ अर्घाखाँची हाल ललितपुर
“ए ! यता सुन्नुस् त ! बच्चालाई चिसो लागे जस्तो छ, उसको टोपी दिनुस् न।”आफूभन्दा पछिल्लो सिटमा बसेका श्रीमानलाई श्रीमतीले भनिन्। श्रीमानले सुरुमा त केही सुनेनन् पछि झसङ्ग हुँदै सोधे, “के रे ! के चाहियो रे ?” पुन सोधेपछि उनले झोलाबाट टोपी झिकेर दिए। बालाजु बसपार्कबाट छुटेको “बालाजु -जमल-रत्नपार्क- लगनखेल” लेखिएको चिटिक्क परेको हरियो रङ्गको विद्युतीय साझा बस एकाएक जमलमा आएर रोकियो। दुई दम्पति एक नौ/ दश महिनाको काखे बच्चासहित बसमा चढे । सुरुमा सँगै बसेका उनीहरु “बालबालिका” लेखिएको सिट भएकाले सहचालकले श्रीमानलाई पछिल्लो सिटमा बस्न लगाए । श्रीमतीको काखको बच्चा अघिल्लो सिटको आफू जस्तै सानो बच्चालाई देखेर रमाउँदै आमाको काखमा उफ्रिँदै थियो। यो देखेर आमाको मुहारमा सयौँ गुलाबहरू एकैपटक फक्रिरहेका थिए। पछिल्लो सिटमा बसेका श्रीमान आफ्नै छेउमा बसेकी एक युवतीसँग गफमा व्यस्त थिए। मानौँ त्यहाँ उनीहरू दुईजना बाहेक कोही पनि छैनन्। उनको मुहारमा पनि हजारौँ सयपत्रीहरु एकैपटक झुलिरहेझैँ प्रतित हुन्थ्यो । बस पुलचोक आइपुगेपछि सहचालक पैसा उठाउँदै आयो। श्रीमतीले भनिन् “सुन्नुभएन ! गाडीभाडा दिनुस् न।” दुई तीन पटक बोलाउँदा पनि नसुनेको देखेर सहचालकले व्यङ्ग्य मिश्रित स्वरमा भन्यो, “के सुन्नुहुन्थ्यो त उहाँ गफमा मस्त देखिनुहुन्छ।” यो सुनेर झसङ्ग भई अप्ठ्यारो मान्दै श्रीमानले पर्सतिर हात बढाए।
इन्दु उपाध्याय हेलेम-मिसामारी,आसाम साँझको समय थियो। रोशन कार्यालयबाट फर्किएपछि सोफामा बसेर मोबाइलमा व्यस्त थियो। सामाजिक…
View Comments
I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article. https://www.binance.com/register?ref=IHJUI7TF