कल्पना मरासिनी
भूमिकास्थान ९ अर्घाखाँची हाल ललितपुर

“ए ! यता सुन्नुस् त ! बच्चालाई चिसो लागे जस्तो छ, उसको टोपी दिनुस् न।”आफूभन्दा पछिल्लो सिटमा बसेका श्रीमानलाई श्रीमतीले भनिन्। श्रीमानले सुरुमा त केही सुनेनन् पछि झसङ्ग हुँदै सोधे, “के रे ! के चाहियो रे ?” पुन सोधेपछि उनले झोलाबाट टोपी झिकेर दिए। बालाजु बसपार्कबाट छुटेको “बालाजु -जमल-रत्नपार्क- लगनखेल” लेखिएको चिटिक्क परेको हरियो रङ्गको विद्युतीय साझा बस एकाएक जमलमा आएर रोकियो। दुई दम्पति एक नौ/ दश महिनाको काखे बच्चासहित बसमा चढे । सुरुमा सँगै बसेका उनीहरु “बालबालिका” लेखिएको सिट भएकाले सहचालकले श्रीमानलाई पछिल्लो सिटमा बस्न लगाए । श्रीमतीको काखको बच्चा अघिल्लो सिटको आफू जस्तै सानो बच्चालाई देखेर रमाउँदै आमाको काखमा उफ्रिँदै थियो। यो देखेर आमाको मुहारमा सयौँ गुलाबहरू एकैपटक फक्रिरहेका थिए। पछिल्लो सिटमा बसेका श्रीमान आफ्नै छेउमा बसेकी एक युवतीसँग गफमा व्यस्त थिए। मानौँ त्यहाँ उनीहरू दुईजना बाहेक कोही पनि छैनन्। उनको मुहारमा पनि हजारौँ सयपत्रीहरु एकैपटक झुलिरहेझैँ प्रतित हुन्थ्यो ।         बस पुलचोक आइपुगेपछि सहचालक पैसा उठाउँदै आयो। श्रीमतीले भनिन् “सुन्नुभएन ! गाडीभाडा दिनुस् न।” दुई तीन पटक बोलाउँदा पनि नसुनेको देखेर सहचालकले व्यङ्ग्य मिश्रित स्वरमा भन्यो, “के सुन्नुहुन्थ्यो त उहाँ गफमा मस्त देखिनुहुन्छ।” यो सुनेर झसङ्ग भई अप्ठ्यारो मान्दै श्रीमानले पर्सतिर हात बढाए।

सारथि बाल पत्रिका

View Comments

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

19 hours ago

एकता

तुलसी पण्डित आमा यता हेर्नू न यी कमिलाहरूको करामत, आमाले दृष्टि पुर्याउनु भयो । त्यहाँ…

19 hours ago

परिणाम

धनसिंह विश्व गेजिंग, पश्चिम सिक्किम त्यही दिनदेखि आर्यनले बुवाको अनुहार हेर्नु त के बोलेकै थिएन।…

2 days ago

-एकत्व

विवेक शर्मा गौतम टोखा-३,काठमाडौं “हजुरबा, त्यो रुख किन रोएको जस्तो देखिन्छ ?” आर्यनले सोध्यो। हजुरबाले…

2 days ago

मोबाइलको छायाँ

इन्दु उपाध्याय हेलेम-मिसामारी,आसाम साँझको समय थियो। रोशन कार्यालयबाट फर्किएपछि सोफामा बसेर मोबाइलमा व्यस्त थियो। सामाजिक…

3 days ago

टोपी

अन्जु शर्मा रातोपुल टोपी हिलाम्मे थियो । हिलाम्मे भएका कारण टोपी कस्को भनेर छुट्टाउन कठिन…

3 days ago