बिन्दु पौड्याल (वस्ती)
भरतपुर -२, चितवन

माघको जाडो बिहानी पारिलो घामसँगै छिमेकी काकी गुन्द्रीमा बसेर टोलाउँदै हुनुहुँदो रहेछ। उहाँ त्यसरी एक्लै बसेको देखेर म पनि केही समय बस्ने मनसाय लिँदै हजुर त निकै टोलाउनुभएको छ नि काकी । किन, कुन विषयमा ? प्रश्न राखेँ ।छिमेकी काकी झस्किँदै भन्न थाल्नुभयो ? के हुनु नानी । कोहीकोही मान्छेको स्वभाव बिचारेको मात्र हो । के देख्नुभयो र हजुरले ?
समाजमा बसेपछि के देख्नु के नदेख्नु ? कुरै भएन नानी । सबै एकै प्रकृतिका हुनुपर्छ भन्ने पनि होइन तर कोहीको स्वभाव अति असुहाउँदो लाग्ने त नि ।
सबैको स्वभाव, विचार, क्षमता त एउटै हुँदैन नै । यति हुँदाहुँदै पनि बढी नै अस्वभाविक व्यवहार देखाउनेहरू पनि कम हुँदैनन् । उनीहरू आफ्नै कुरा माथि पार्न मात्रै खोज्छन् ।
उहाँले भन्दै जाँदा म पनि अतीत फर्केर हेर्न थालेछु ।
मेरा धेरै साथीहरूमध्ये केही यस्ता साथीहरू पनि थिए कि आफूले भनेको सबै ठिक राम्रो र अरू नजान्ने कमजोर। उसो गर्नुपर्थ्यो त्यसो गर्नुपर्थ्यो। यो होइन त्यो होइन पुरा पण्डित्याइँ । सायद उच्चता ग्रन्थी तीव्र भएर होला । सबै आफैँ जान्ने पूर्ण र सबल छु भन्ने ठान्ने ।
काकीले मलाई घचघचाउँदै भन्नुभयो । होइन, तिमी कुन दुनियाँमा हराएकी त नानी ।
उहाँको बोलावटसँगै मैले आफूलाई सम्हालेँ र भनेँ । हजुरले भनेका कुरा आफ्नो जीवनका पाटाहरूमा खोजी गरेकी । मलाई हजुरको कुराले साह्रै मन छोयो ।
त्यही त कोही पूर्ण हुँदैन। जीवनमा त सिक्ने र सिकाउने गर्दै अघि बढ्ने हो । तर अरूलाई फोहोर देखाउँदैमा कसैले आफूलाई ठूलो देखाउनु कमजोरी मानसिकता हो । त्यसलाई त्याग्दै जानुपर्छ। अन्यथा कुनै दिन आफ्नो …….. नहोला भन्न कहाँ सकिन्छ र !

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

22 hours ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

23 hours ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

2 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

2 days ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

2 days ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

3 days ago