समीक्षा दुलाल
बाल विकास बोर्डिङ हाइ स्कुल
कक्षा :७
बूढानीलकण्ठ ,काठमाडौँ
पत्रैपत्र परेर आहा फुलेपछि
सयपत्रीको थुङ्गामा मौरी डुलेपछि
रमाइलो हुन्छ झन् घरको सेरोफेरो
फूलतिरै खिचिन्छ मन पनि मेरो ।
थरीथरीका रङ्गमा आकार पनि बेग्लै
सौन्दर्यले लठ्ठ भई टोलाउँछु एक्लै
छेउमै फुली मखमली थप्छ अझै रङ्ग
पुतली नि नाच्दैनाच्दै पर्छ रमाई दङ्ग
पूजा गर्न आमाले टिप्नुहुन्छ टपक्क
ढक्कीभरि राखेर मिलाइकन थपक्क
म पनि त के कम टिपिहाल्छु लुसुक्क
कपालको चुल्ठोमा घुसाइहाल्छु खुसुक्क।
हावा आई सुम्सुमाउँछ हल्लाउँदै डाली
मीठो बास्ना सबैतिर छर्छ हालीमुहाली
फुलेपछि सयपत्री दसैँ पक्कै आउँछ
जताततै उमङ्गको खुसियाली छाउँछ।
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…
धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…
रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…