Categories: बाल कथा

गाउँले जीवन


हेमराज अधिकारी
सिक्किम-भारत

“हल गोरु हजार रुपैयाँ, आली लाउने आठसय।”
गाउँमा बीरेमाथि खिसी गर्दै चल्ने यो भनाइ थियो। ऊ सधैँ सुनिरहन्थ्यो र मनमनै कसम खान्थ्यो।
“शहर गएर के बन्न सकिन्छ भन्ने देखाइदिन्छु।”
बीरे गाउँको होशियार तर गरिब परिवारको छोरो। ऊ पढेलेखेको थियो, अङ्ग्रेजी बोल्थ्यो, गाउँका बालबालिकालाई ट्युसन पढाउँथ्यो। तर गाउँको जीवन उसलाई साँघुरो लाग्थ्यो। ऊ सपना बोकेर शहर पस्यो ठूलो सपना, उज्यवल भविष्य, र “फर्केर गाउँ बदल्ने” संकल्पसहित।
शुरुमा शहर आकर्षक लाग्यो । उज्याला सडक, व्यस्त जिन्दगी, भीडभाड मानिस। केही समयमै उसले बुझ्यो । यहाँ सबै कुरा पैसामा घुम्छ। न सम्बन्ध साँचो, न माया स्थायी। जागिरको लाइनमा ऊ केवल एउटा फारम थियो। मित्रता स्वार्थमा बदलिन थाल्यो। ऊ दिनदिनै टुट्दै गयो।
एक साँझ, गह्रौँ मन लिएर पार्कमा बसिरहँदा ऊसले सम्झ्यो। आमाले बनाएको गुन्द्रुकको झोल, पाखामा चर्ने गाईहरू, र साँझपख गाउँको चौतारीमा गफिने साथीहरू। आँखामा आँसु आयो।
उसले मोबाइल उठायो र आमालाई फोन गर्यो।
“आमा, म घर फर्कन्छु। सपना देख्न शहर जानु पर्दैन रहेछ, सपना साकार गर्ने ठाउँ गाउँ पनि हुन सक्छ।” आमा: “सपना देख्ने आँखा भए पुग्छ, छोरा। ठाउँको के दोष ?”
वीरे: “ठाउँले होइन, सोचले फरक पार्दोरहेछ, आमा। अब गाउँमै केही नयाँ सुरु गर्छु।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

1 day ago

“बालापनको रक्षा”

घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…

1 day ago

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

3 days ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

3 days ago

पसिनाको मुल्य

शरद गौतम घोराही १५ हरि, मोहन केशव तथा अरु हरु एकै गाउमा बस्छ्न। गाउँ पनि…

3 days ago

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

4 days ago