“घाम टिकी”

फेसबुक कवि
ब‌ैत्यश्वर -६,दाेलखा

घाम टिकी लाउन पाए,
कति मजा हुन्थ्याे
जुक्ति सिकी बाँच्न पाए,
कति मजा हुन्थ्याे ।
रूखहरू हातखुट्टा,
बनाएर हिड्थे,
हटहट बादल हावा,
समाएर हिड्थें ।
रातलाई छाेट्याएर,
पर ठेलिदिन्थें,
दिनलाई लम्ब्याएर,
खेल खेलिदिन्थें ।
घाम टिकी लाउन पाए,
कति मजा हुन्थ्याे
जुक्ति सिकी बाँच्न पाए,
कति मजा हुन्थ्याे ।
पहाडहरू हाेच्याएर,
सम्म पारिदिन्थें,
ताराहरू लप्सीझैं,
भैंमा झारिदिन्थें ।
समयलाई समाएर,
जाेरबिजाेर खेल्थें
जूनलाई ठुलाे पार्न,
बेल्नामा बेल्थें ।
घामटिकी लाउन पाए,
कति मजा हुन्थ्याे
जुक्ति सिकी बाँच्न पाए,
कति मजा हुन्थ्याे ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

3 hours ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

3 hours ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

3 hours ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

1 day ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

1 day ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

1 day ago