फेसबुक कवि
बैत्यश्वर -६,दाेलखा
घाम टिकी लाउन पाए,
कति मजा हुन्थ्याे
जुक्ति सिकी बाँच्न पाए,
कति मजा हुन्थ्याे ।
रूखहरू हातखुट्टा,
बनाएर हिड्थे,
हटहट बादल हावा,
समाएर हिड्थें ।
रातलाई छाेट्याएर,
पर ठेलिदिन्थें,
दिनलाई लम्ब्याएर,
खेल खेलिदिन्थें ।
घाम टिकी लाउन पाए,
कति मजा हुन्थ्याे
जुक्ति सिकी बाँच्न पाए,
कति मजा हुन्थ्याे ।
पहाडहरू हाेच्याएर,
सम्म पारिदिन्थें,
ताराहरू लप्सीझैं,
भैंमा झारिदिन्थें ।
समयलाई समाएर,
जाेरबिजाेर खेल्थें
जूनलाई ठुलाे पार्न,
बेल्नामा बेल्थें ।
घामटिकी लाउन पाए,
कति मजा हुन्थ्याे
जुक्ति सिकी बाँच्न पाए,
कति मजा हुन्थ्याे ।
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…