Categories: बाल कथा

पिरलो

राजेश भट्टराई
सैनामैना ११,रुपन्देही

“अलि ढाकिने कपडा लगा न। बाटो हिड्ने नि फर्कि फर्कि हेर्छन्।”आक्रोशित भइन् आमा।
“देखाउँछु भनेर, देखाएकी हुँ र ? टेलरले यस्तै सिलाइदियो त के गरुँ?”जवाफ दिइन् छोरीले।
“किन यस्तो सिलाइदियो त ? राम्ररी नापेको थिएन र?”
“थियो नि, थिन त।”
“थियो भने, कसरी यस्तो धेरै गला काटेर सिलाइदियो त ? सके नाप्दा नाप्दै फाँचा देखेर, मन चञ्चल भएर पछि नापो नै बिर्सियो होला । पापी हुन्छ नि, कति लोग्ने मान्छे मन त।”
“खोई त्यो त म, कसरी जान्नु।”
“फाँचा पनि कति ठुला हुन नि तेरा।त्यसमाथि पनि आधा नै देखिने गरी गला काटेर सिलाइदिएछ।”
“नहुन पनि कसरी नि ? तिम्रै छोरी भएपछि। आफ्ना हेर न आफ्ना, बुढेसकालमा पनि सुत्केरी आइमाईका जत्रा छन्।”
“अस्ति तँ साइलाको घर बनाउँदा निहुरिएर बालुवा चाल्दा छ्याङ्गै देखिएथ्यो। बाटो पारिको घरको आगनमा बस्नेहरुले टाउको घुमाई घुमाई हेरिरा’थे। अझ लाउरे कान्छाले त तै तिर कुर्सी फर्काएर बसी, एकोहोरो हेरिराथ्यो। बाटोमा साइकल मोटरसाइकलमा हिँड्नेले पनि सुस्त चलाएर हेरिरा’थे।”
“भएकाको हेर्छन् नि। नभएकाको हेर्दैनन् केरे।”
“अझ बढ्ता बोल्छेस ? लाज लाग्दैन तलाई?अब देखि यो कपडा नलगा।”
“अरु लगाउन त हुनुपर्यो नि। हरियो कुर्था सुरुवाल र यहीँ मात्र छ,अलि गतिलो। एक जोर मैलिदा धोएर अर्को लगाउँछु।अरु कपडा त धेरै पटक उध्रिने, च्यातिने गरेर सिलाउदै, लगाउदै गर्दा गल्यो र फालिदिएँ।”
“के गर्छेस् त, मैँले बल्ल बल्ल पकाएर खान दिने बाहेक अरु केही गर्न सक्दिनँ । बुढेसकाल लाग्यो। तैँले नै ज्यामी काम गरेर भएपनि आफ्नो, मेरो, ज्यान पाल्ने। मलाई सञ्चो नहुँदा औषधी गर्ने गर्नु पर्यो।”निराश हुँदै भनिन्।
एकै छिनको मौनता पछि फेरि बोलिन्। “छोरा हुँदै भएनन्। भएका पाँच वटी छोरी मध्य तैँ म गोता  गएर नराम्री र मोटी भइस्। अरु चार वटी त बाउ गोता गएर पातला र राम्रा भए। जिउँदो छँदै तिनीहरु सबैको बिहे गरिदिनु भयो,यहीँ बुकुरो बाँकी राखेर खेत बारी बेचेर भएपनि। बाकी रहेको यहीँ बुकुरो बेचेर भएपनि तेरो बिहे गरिदिने धोको थियो। धोको पुरा नहुँदा पिरैपिरले बित्नु भयो।”
“आउँलान नि कोही त, मलाई पनि लिन। चिन्ता नलेउ भो, तिमी पनि मर्लिउ फेरि।”
“आइदे त हुन्थ्यो नि। तेरो बाउ जस्तै, रुप जस्तो भएपनि मन सफा भएको केटी भए पुग्ने, विचार भएको मनकारी केटो।बरु यो बुकुरो नै दाइजो दिएर म मन्दिरमा गएर हरे राम गाएर बस्ने थिएँ।”आँखा भरि आँशु पिलपिलाउदै भनिन्।

 

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

2 hours ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

2 hours ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

3 hours ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

1 day ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

1 day ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

1 day ago