Categories: बाल कथा

पिरलो

राजेश भट्टराई
सैनामैना ११,रुपन्देही

“अलि ढाकिने कपडा लगा न। बाटो हिड्ने नि फर्कि फर्कि हेर्छन्।”आक्रोशित भइन् आमा।
“देखाउँछु भनेर, देखाएकी हुँ र ? टेलरले यस्तै सिलाइदियो त के गरुँ?”जवाफ दिइन् छोरीले।
“किन यस्तो सिलाइदियो त ? राम्ररी नापेको थिएन र?”
“थियो नि, थिन त।”
“थियो भने, कसरी यस्तो धेरै गला काटेर सिलाइदियो त ? सके नाप्दा नाप्दै फाँचा देखेर, मन चञ्चल भएर पछि नापो नै बिर्सियो होला । पापी हुन्छ नि, कति लोग्ने मान्छे मन त।”
“खोई त्यो त म, कसरी जान्नु।”
“फाँचा पनि कति ठुला हुन नि तेरा।त्यसमाथि पनि आधा नै देखिने गरी गला काटेर सिलाइदिएछ।”
“नहुन पनि कसरी नि ? तिम्रै छोरी भएपछि। आफ्ना हेर न आफ्ना, बुढेसकालमा पनि सुत्केरी आइमाईका जत्रा छन्।”
“अस्ति तँ साइलाको घर बनाउँदा निहुरिएर बालुवा चाल्दा छ्याङ्गै देखिएथ्यो। बाटो पारिको घरको आगनमा बस्नेहरुले टाउको घुमाई घुमाई हेरिरा’थे। अझ लाउरे कान्छाले त तै तिर कुर्सी फर्काएर बसी, एकोहोरो हेरिराथ्यो। बाटोमा साइकल मोटरसाइकलमा हिँड्नेले पनि सुस्त चलाएर हेरिरा’थे।”
“भएकाको हेर्छन् नि। नभएकाको हेर्दैनन् केरे।”
“अझ बढ्ता बोल्छेस ? लाज लाग्दैन तलाई?अब देखि यो कपडा नलगा।”
“अरु लगाउन त हुनुपर्यो नि। हरियो कुर्था सुरुवाल र यहीँ मात्र छ,अलि गतिलो। एक जोर मैलिदा धोएर अर्को लगाउँछु।अरु कपडा त धेरै पटक उध्रिने, च्यातिने गरेर सिलाउदै, लगाउदै गर्दा गल्यो र फालिदिएँ।”
“के गर्छेस् त, मैँले बल्ल बल्ल पकाएर खान दिने बाहेक अरु केही गर्न सक्दिनँ । बुढेसकाल लाग्यो। तैँले नै ज्यामी काम गरेर भएपनि आफ्नो, मेरो, ज्यान पाल्ने। मलाई सञ्चो नहुँदा औषधी गर्ने गर्नु पर्यो।”निराश हुँदै भनिन्।
एकै छिनको मौनता पछि फेरि बोलिन्। “छोरा हुँदै भएनन्। भएका पाँच वटी छोरी मध्य तैँ म गोता  गएर नराम्री र मोटी भइस्। अरु चार वटी त बाउ गोता गएर पातला र राम्रा भए। जिउँदो छँदै तिनीहरु सबैको बिहे गरिदिनु भयो,यहीँ बुकुरो बाँकी राखेर खेत बारी बेचेर भएपनि। बाकी रहेको यहीँ बुकुरो बेचेर भएपनि तेरो बिहे गरिदिने धोको थियो। धोको पुरा नहुँदा पिरैपिरले बित्नु भयो।”
“आउँलान नि कोही त, मलाई पनि लिन। चिन्ता नलेउ भो, तिमी पनि मर्लिउ फेरि।”
“आइदे त हुन्थ्यो नि। तेरो बाउ जस्तै, रुप जस्तो भएपनि मन सफा भएको केटी भए पुग्ने, विचार भएको मनकारी केटो।बरु यो बुकुरो नै दाइजो दिएर म मन्दिरमा गएर हरे राम गाएर बस्ने थिएँ।”आँखा भरि आँशु पिलपिलाउदै भनिन्।

 

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

भैरेको नियति र स्वास्थ्य सेवा

  घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…

1 week ago

टिकाेटालाे

शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…

1 week ago

“नारी महिमा”

शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…

1 week ago

बाल मुज्दुर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…

1 week ago

“हाम्रो नाति”

गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…

2 weeks ago

अभियान

राजन् कार्की पाजु धरान सुनसरी बिहान सवेरै एक हुल मानिसहरु हातमा ठुला ठुला अक्षेरमा लेखिएका…

2 weeks ago