Categories: बाल कथा

“चिना”


गीता तिवारी
पोखरा

”अनि चिना मिल्यो त ?” अनन्तले आमा सँग सोध्यो।
“मिल्यो बाबू।” केटाकेटी दुबैको चिना लिएर हेराउन गएकी आमाले हातको झोला भुइँमा राख्दै भनिन् । उज्यालो अनुहार बनाएर फेरि उसले सोध्यो “गुण कति आए आमा ?
“पच्चीस गुण आए बाबू ” आमा खुशी हुँदै भनिन् ।
अनन्तको बिहेको लागि जहाँ कुरा अगाडि बढाए पनि चिना नमिलेर विहे हुन गार्हो भएको थियो । यसपटक भने केटाकी आमा आफैँले केटीको चिना मागेर आफू मात्रै हेराउन गएकी थिइन ।
बेलुका अनन्तका बुवा आएपछि बुढाबुढी गन्थन गरे ।
“ए पच्चीस गुण पो आएछन हगि, त्यसोभए अब यही केटी छोड्नु हुन्न ।, जति सक्दो चाडो बिहे गर्दिनुपर्छ ” बुवाले भने।
“मैले त केटी पट्टिकालाई खवर गर्दिनु भनिसके शकुन्तलालाई ।” आमाले सबै बेलिबिस्तार लगाईन ।
” के गर्छौ त बुढा यसको ग्रह मुल परेको छ भनेर जहाँबाट पनि चिना मिलेन भनेर फिर्ता आयो अनि अक्कल लगाउनै पर्यो।”
“फेरि दाइजोपात पनि प्रसस्तै आउने संकेत छ।”
धेरै नबोल तिमी, मैले सबै कुरा बुझिसकेको छु ।” भित्ताका पनि कान हुन्छन क्या ….! ”
पोखरा

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

21 hours ago

“बालापनको रक्षा”

घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…

21 hours ago

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

3 days ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

3 days ago

पसिनाको मुल्य

शरद गौतम घोराही १५ हरि, मोहन केशव तथा अरु हरु एकै गाउमा बस्छ्न। गाउँ पनि…

3 days ago

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

4 days ago