गीता तिवारी
पोखरा
”अनि चिना मिल्यो त ?” अनन्तले आमा सँग सोध्यो।
“मिल्यो बाबू।” केटाकेटी दुबैको चिना लिएर हेराउन गएकी आमाले हातको झोला भुइँमा राख्दै भनिन् । उज्यालो अनुहार बनाएर फेरि उसले सोध्यो “गुण कति आए आमा ?
“पच्चीस गुण आए बाबू ” आमा खुशी हुँदै भनिन् ।
अनन्तको बिहेको लागि जहाँ कुरा अगाडि बढाए पनि चिना नमिलेर विहे हुन गार्हो भएको थियो । यसपटक भने केटाकी आमा आफैँले केटीको चिना मागेर आफू मात्रै हेराउन गएकी थिइन ।
बेलुका अनन्तका बुवा आएपछि बुढाबुढी गन्थन गरे ।
“ए पच्चीस गुण पो आएछन हगि, त्यसोभए अब यही केटी छोड्नु हुन्न ।, जति सक्दो चाडो बिहे गर्दिनुपर्छ ” बुवाले भने।
“मैले त केटी पट्टिकालाई खवर गर्दिनु भनिसके शकुन्तलालाई ।” आमाले सबै बेलिबिस्तार लगाईन ।
” के गर्छौ त बुढा यसको ग्रह मुल परेको छ भनेर जहाँबाट पनि चिना मिलेन भनेर फिर्ता आयो अनि अक्कल लगाउनै पर्यो।”
“फेरि दाइजोपात पनि प्रसस्तै आउने संकेत छ।”
धेरै नबोल तिमी, मैले सबै कुरा बुझिसकेको छु ।” भित्ताका पनि कान हुन्छन क्या ….! ”
पोखरा
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…