Categories: बाल कथा

चेतना


मोक्ष खतिवडा

सोफिया र जिना दुई मिल्ने साथी हुन् । स्कूल छुट्टी हुनु अगावै जिनाले सोफिया को घर जाने कुरा गरेकी थिई । तर सोफियाले ‘हुन्छ ‘ नभनेकी हुँदा स्कूल छुट्टी भएपछि चौरको छेउमा घोसेमुन्टो लगाएर बसी।
ऊ त्यसरी बसेको देखेपछि सोफियालाई माया लागेर आयो । “तँ साँच्चै आज आफ्नो घर नजाने ?” उसो भए हिड् न त भनेर बोलाई।
सोफियाले जिनालाई लिएर आएको मा सोफियाका बा आमाले केही नभनी खुसी हुनु भो । आफ्नी छोरीकी साथी भनेर उत्तिकै माया गर्नुभो।
सँगै खाए , सँगै लेखपढ गरे। “ए जिना तँलाई तेरो घर जान किन मन नलागेको हौ ?” सोफियाले खुसुक्क सोधी। “यहाँ तेरो बा आमा यस्तो मजाको हुनु हुँदो रहेछ ।”  तर मेरो त . . . !
जिनाले यसो भनेपछि ” तेरो चैँ कस्तो हुनुहुन्छ र ? सोफियाले चासो गरी।
“मेरो बा आमा त दिनहुँ रक्सी खाएर बेलुका सधैँ लडाईं गर्नु हुन्छ । नत म माया नै पाउँछु , नत राम्ररी पढ्न सक्छु न त राम्ररी सुत्न नै ?
जिनाको कुरा सुनेपछि “तेरो बा आमालाई कुनै आफन्तले रक्सीका बेफाइदा , खाँदा हुने हानी (असर )बारे केही सम्झाउने काम गर्नु हुन्न र ? ” . “अहँ . . !” नियाउँरो अनुहार लाउँदै जिनाले भनी । अब भोलि नै प्र अ. लाई भनेर अभिभावक भेला गराउने र सो बारे छलफल गर्ने काम मेरो जिम्मा भो, तँ ढुक्क भए हुन्छ।

सारथि बाल पत्रिका

View Comments

  • Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“सोह्र श्राद्ध”

मधुसुदन घिमिरे छाेरीकाे छाेराे ताेरीकाे साग अदुवाकाे अचार पितृकाे भाग पातकाे टपरी दूना बुहारी सीप…

20 hours ago

“समाचार”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा "एउटा कुरा थाहा पाउनु भयो मम्मी ?" सानी…

20 hours ago

बानी

अन्जु चालिसे ‘रूपाञ्जली’ आरुबारी, काठमाडौँ “समाजमा धेरै विकृति फैलियो, अब बदलिनुपर्छ!” सभाहल तालीले गुञ्जियो। गान्धी…

2 days ago

“मेरो सानो कोठा”

शशि अर्याल लम्साल मेरो सानो कोठा छ काेठामा एउटा ढाेका छ ढाेकाकाे छेउमा टेबुल गर्छु…

3 days ago

बालदिवस

बलराम दंगाल रत्ननगर,चितवन हाल-अष्ट्रेलिया माया बिहानै आमासँगै हतौडा बोकेर सडकछेउ आइपुगेकी थिई। घाम चर्किँदै जाँदा…

3 days ago

“शरद्को सुन्दरता”

मोहन प्र घिमिरे शान्तिनगर, शिद्धिचरण मार्ग, वानेश्वर आयौ शरद् घरैमा आनन्दको छ बेला मीठो समीर…

4 days ago