युगल बसेल
सन्धिखर्क
लाग्यो मैना असर
रमाइलो भो संसार
खेतपाखा हरियै
उराठलाग्दो काँ छ र ?
झमझम पानी बर्सिन्छ
सरसर फुर्ती सर्सिन्छ
हावा शीतल सिरिरी
अल्छी पर पर पन्छिन्छ ।
खेतमा गोरु नारिन्छन्
गरा हिलै पारिन्छन्
बाउसे आली बनाउँछन्
रोपाहारले गीत गाउँछन् ।
हिलो छ्यापाछ्याप खेलौँ
असारे गीत सुसेलौँ
हेँगा खोकमा बसेर
ह S ह गोरु दमालौँ
मानो रोपे असारमा
मंसिर मुरी दिन्छ रे
पाखुरीको पौरखले
भकारी चुलिन्छ रे।
शशि अर्याल लम्साल मेरो सानो कोठा छ काेठामा एउटा ढाेका छ ढाेकाकाे छेउमा टेबुल गर्छु…
मोहन प्र घिमिरे शान्तिनगर, शिद्धिचरण मार्ग, वानेश्वर आयौ शरद् घरैमा आनन्दको छ बेला मीठो समीर…
उषा बस्ताकोटी खनाल जूनमामा आफ्नै घर फर्की आउँछन् तारा पनि आफ्नै घर झल्मलाउँछन् दशैँ आयो…
बालबालिकाविरुद्ध हिंसा अन्त्यसम्बन्धी राष्ट्रिय कार्यशालामा मन्त्री सिता बादीको सहभागिता, “बालबालिकाको सुरक्षा र सम्मानमा कुनै सम्झौता…
View Comments
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.