कल्पना भण्डारी
सिन्धुपाल्चाेक, हाल काठमाडौं

एकपटक दु:खी र दुखाई संयोगले चौतारोमा भेटिए। दु:खी वेदनाले बोल्यो, “म त सधैँ दु:खमै छु, खेतबारीमा पसिना बगाउँदा पनि दुई छाक जोर्न गाह्रो। कहिले असिना, कहिले खडेरीले थिच्छ।”
त्यतिबेलै दुखाईले भने, “साथी तिमी त काम त गर्छौ, मेरो त ज्यानमै रोगै रोग । रातभर निद्रा हुँदैन, खाना देख्दा मन अमिलो हुन्छ। अब त बाँच्ने रहर पनि छैन मलाई त।”
कुरा गर्दैगर्दा हरेस पनि त्यहीँ आइपुग्यो। उसले भन्यो,“ मित्रहरू! पीर त सबैलाई हुन्छ। मैले त दु:ख पनि भोगेँ, दुखाई पनि, तर पनि मैले हरेस खाएको छैन।”
दु:खी र दुखाई एकाएक स्थिर भए। हरेसले फेरि भन्यो, “दुनियाँको सबैभन्दा शक्तिशाली कुरा मन हो। मनलाई बलियो राख्नु पर्दछ। पीडा स्वीकार्नु तर हरेस कहिल्यै नखानू।”
त्यसपछि तीनैजना उठे र पल्लो गाउँमा पुराण लागिरहेको थियो, उनीहरु त्यतैतिर लागे।
पुराणको अन्त्यमा कथावाचकले भने, “मन बलियो भए दु:ख र दुखाई शिथिल हुन्छन्। हरेस खायो भने त बाँच्ने आशै मर्छ। सबैभन्दा ठूलो शक्ति तपाईँको मन नै हो।”
त्यसपछि उनीहरू केही नबोली आफ्नो बाटो लागे।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बानी

अन्जु चालिसे ‘रूपाञ्जली’ आरुबारी, काठमाडौँ “समाजमा धेरै विकृति फैलियो, अब बदलिनुपर्छ!” सभाहल तालीले गुञ्जियो। गान्धी…

15 hours ago

“मेरो सानो कोठा”

शशि अर्याल लम्साल मेरो सानो कोठा छ काेठामा एउटा ढाेका छ ढाेकाकाे छेउमा टेबुल गर्छु…

2 days ago

बालदिवस

बलराम दंगाल रत्ननगर,चितवन हाल-अष्ट्रेलिया माया बिहानै आमासँगै हतौडा बोकेर सडकछेउ आइपुगेकी थिई। घाम चर्किँदै जाँदा…

2 days ago

“शरद्को सुन्दरता”

मोहन प्र घिमिरे शान्तिनगर, शिद्धिचरण मार्ग, वानेश्वर आयौ शरद् घरैमा आनन्दको छ बेला मीठो समीर…

3 days ago

“बाबा घर फर्की आऊ न”

उषा बस्ताकोटी खनाल जूनमामा आफ्नै घर फर्की आउँछन् तारा पनि आफ्नै घर झल्मलाउँछन् दशैँ आयो…

3 days ago

बालबालिकाविरुद्ध हिंसा अन्त्यसम्बन्धी राष्ट्रिय कार्यशाला

बालबालिकाविरुद्ध हिंसा अन्त्यसम्बन्धी राष्ट्रिय कार्यशालामा मन्त्री सिता बादीको सहभागिता, “बालबालिकाको सुरक्षा र सम्मानमा कुनै सम्झौता…

3 days ago