नन्दलाल आचार्य
उदयपुर, कोसी प्रदेश, नेपाल

“आमा रहेसम्म माया खोज्न पर्दैन ।” आमाले रविलाई सम्झाउँदै भन्नुभयो, “बाबा रहेसम्म तनाव लिन पर्दैन ।” रवि बाल्यकालदेखि जवानीसम्मका घटना स्मरण गर्दै चुपचाप बसेको थियो । “आमा, मैले बुझ्न सकिनँ ।” उसले शङ्का व्यक्त गर्यो । आमाले मुस्कुराउँदै भन्नुभयो, “बाबाको कठोरता भनेको गहिरो जरा हो । ती जरा नहुँदा रूखको छायाँसमेत टिक्दैन ।” रविलाई ती दिनको सम्झना भयो- बाबा छिमेकी भलाद्मीहरूसँग मुठभेड गरेर उसको पढाइका लागि पैसा जुटाउनुहुन्थ्यो । आमाको हातले तयार पारेको भातको तातोपनमा माया मिसिएको हुन्थ्यो । यति मात्रै नभएर उसलाई आज बल्ल महसुस भयो- बाबाको पसिनाले जीवनको आधार बन्दोरहेछ । आँगनमा बाबा थकित अनुहार लिएर बस्नुभएको थियो । रविले नजिक गएर सोध्यो, “बाबा, कहिल्यै थाक्नुहुन्न ?” बाबाले भित्ताको टेको लगाउँदै भन्नुभयो, “म थाक्नेछु, जब तिमी बलियो छानो बन्छौ अनि मात्रै ।” रवि शून्यमा हेर्दै उभियो । “आमा माया हुन्, बाबा आधार ।” आमाले गहिरो स्वरमा फेरि थप्नुभयो, “आधार भत्के छानो टिक्दैन ।”  । बेलका-२,

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

5 hours ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

6 hours ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

6 hours ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

1 day ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

1 day ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

1 day ago