त्रिपुरा खरेल
मामरिङ्ग,दक्षिण सिक्किम
“आमा ! बिस्तारै हिंड तिम्रो ढाड दुख्छ ।” स्कुलबाट आउने बित्तिकै मेरी चारवर्षकी नातिनी आद्याश्री मेरो हात समाएर मलाई डोर्याइ। ऊ एकछिन चुप लागेर बस्दिन। रगरग गरिरहन्छे।
“आमा! मलाई तिम्रो खाता र डटपेन देऊ।” उसले मेरो खाता र कलमलाई मेरो हातबाट खोस्छे।
“नानूु , आमाको ए बि सी लेख्ने खातामा जथाभावी नकोर ल।”
उसले मैले प्रयोग गरेका शब्दहरू बुझ्दिन भन्ने थाहा हुँदाहुँदै पनि म अप्ठ्यारा शब्दहरूको प्रयोग गरिदिन्छु । ऊ खातामा चित्र बनाउन थाल्छे।
उसको कल्पनाले सृजना गरेर बनाएका चित्रहरू अमूर्त चित्र जस्तै छन्। कतै मसी पोखिएका त कतै किरिङ्ममिरिङ्ग भएका।
“एब्सट्र्याक्ट आर्टको जन्म पनि यसरी नै भएको होला।” म कल्पनाको उडान भर्छु।
“आमा! मलाई युटुब खोलिदेऊ त ।” उसलाई युटुबमा छोटो रिल्सहरू हेर्न मनपर्छ।
केटाकेटीलाई धेरै मोबाइल हेर्न दियो भने अटिजम हुन्छ भन्छन् डक्टरहरू। म राक्षसको कथा भनेर उसलाई अलमल्याउँ छु।
ऊ मैले राखेका खाताहरूको खातबाट एउटा कलम र कपी मेरो हातमा थमाइदिदै भन्छे ,”तीर्थ आमा! यसमा आद्याश्रीको लादुकथा लेखिदेउ न।”
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…