त्रिपुरा खरेल
मामरिङ्ग,दक्षिण सिक्किम

“आमा ! बिस्तारै हिंड तिम्रो ढाड दुख्छ ।” स्कुलबाट आउने बित्तिकै मेरी चारवर्षकी नातिनी आद्याश्री मेरो हात समाएर मलाई डोर्याइ। ऊ एकछिन चुप लागेर बस्दिन। रगरग गरिरहन्छे।
“आमा! मलाई तिम्रो खाता र डटपेन देऊ।” उसले मेरो खाता र कलमलाई मेरो हातबाट खोस्छे।
“नानूु , आमाको ए बि सी लेख्ने खातामा जथाभावी नकोर ल।”
उसले मैले प्रयोग गरेका शब्दहरू बुझ्दिन भन्ने थाहा हुँदाहुँदै पनि म अप्ठ्यारा शब्दहरूको प्रयोग गरिदिन्छु । ऊ खातामा चित्र बनाउन थाल्छे।
उसको कल्पनाले सृजना गरेर बनाएका चित्रहरू अमूर्त चित्र जस्तै छन्। कतै मसी पोखिएका त कतै किरिङ्ममिरिङ्ग भएका।
“एब्सट्र्याक्ट आर्टको जन्म पनि यसरी नै भएको होला।” म कल्पनाको उडान भर्छु।
“आमा! मलाई युटुब खोलिदेऊ त ।” उसलाई युटुबमा छोटो रिल्सहरू हेर्न मनपर्छ।
केटाकेटीलाई धेरै मोबाइल हेर्न दियो भने अटिजम हुन्छ भन्छन् डक्टरहरू। म राक्षसको कथा भनेर उसलाई अलमल्याउँ छु।
ऊ मैले राखेका खाताहरूको खातबाट एउटा कलम र कपी मेरो हातमा थमाइदिदै भन्छे ,”तीर्थ आमा! यसमा आद्याश्रीको लादुकथा लेखिदेउ न।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

22 hours ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

22 hours ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

2 days ago

“सबै मेरा साथी”

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…

2 days ago

छोरी, गर्भमा नआउ ..

निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…

4 days ago

सहमति

अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…

4 days ago