सृजना घिमिरे ढकाल

“आमा साउने झरीले निकै ठूलो सम्झना दिलाएजस्तो छ नि ।”
झमझम परेको पानीसँगै सम्झनाको पोखरीमा डुबुल्की मार्दै गरेकी रमिलालाई छोरी वर्षाको प्रश्नले झस्कायो। मुसुक्क हाँस्दै रमिलाले भनिन् – “वर्षा, यो कालो बादलभित्रको त्यो निश्चल पानी सम्झना बनेर बर्सिरहेछ।”
आमाको गहिरो कुरा सुनेर वर्षा अलमलमा परेर सोधी – “कस्तो सम्झना आमा?”
सम्झनाको खाडलबाट केही झिक्दै रमिलाले भनिन् – “बिहे पछिका ती साउने झरिहरू… आकाशभन्दा धेरै कालो बादल त मनमै मडारिन्थे।”
“किन आमा?” – वर्षाले फेरि सोधी।
लामो सुस्केरा हाल्दै रमिलाले भनिन् – “मनले र शरीरले विश्राम चाहन्थ्यो। तर झरीसँगै बढेको नदीको बहावले बाटो छेक्थ्यो – त्यो नौ डाँडा पारीको माइती गाउँको।”
वर्षाले केही नबुझेझैँ गर्दै फेरि सोधी – “घरमा विश्राम मिल्दैनथ्यो र ?”
सम्झनाका लहरहरूलाई आँखाकाे डिलमा थमथमाउदै रमिलाले भनिन् – “बुहारी बनेर यो घरमा भित्रिएपछि म अहिलेको मेसिनजस्तै थिएँ – न मन दुख्थ्यो, न शरीर थाक्थ्यो। नौ डाँडा पारी हेरेर त्यो दिन कहिले आउँछ होला भनेर रुनु बाहेक केही हुदैनथ्याे।”
आमाको कुराले वर्षाको उत्सुकता झनै बढ्यो।
“आमा, कुन दिन ?” उसले सोधी।
मुस्काउँदै रमिलाले भनिन् – “जुन दिन छोरोको दीर्घायूको कामना गर्दै पानी पनि नखाई बुहारी व्रत बस्छे भनेर माइती जाने बाटो खुल्थ्यो।”
“अरू बेला माइत जान पाइँदैनथ्यो र आमा?” -वर्षाको जिज्ञासा अझै बाँकी थियो।
रमिलाले भनिन् – “पाइन्थ्यो, तर विशेष काम परे मात्र। तर तीजको बेलामा जानुमा त बेग्लै उमंग हुन्थ्यो।
आमाले पकाएको मिठो दर खाँदै, आमाको काखमा बिसाएको पीडा, रातो सारी र चुरा पोतेमा सजिएर साथीहरूसँग बाँडिएको खुसी, साटिएको दुख, गाइएको गीत…
यी सबैले नयाँ जीवन दिन्थे।”
आमाको कुराले भरिएको आँखाको आँसु पुछ्दै वर्षाले भनी – “आमा, त्यो बेलाको तीज त कति विशेष हुँदो रहेछ है।”
बाहिर परिरहेको झरीलाई हेर्दै रमिलाले भनिन् – “होनि… त्यसैले त बर्सदिनमा बल्ल बल्ल खुलेको माइतीको बाटो पनि यही झरीले छेक्दिन्छ कि भनी, म झरीलाई “अब धेरै नबर्स न है “भनेर बिन्ती गर्थें।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“असार महिना”

रञ्जुश्री पराजुली खेतीको बेला आमा है रोपछिन् मकै र भटमास हरिया मकै रमाई खानछन् भनेर…

1 day ago

इमान्दार

तुलसी पण्डित हजुर मलाई एक रुपयाँ दिनु न। बाटो हिँडिरहेको एक केटाले हात पसार्दै भन्यो…

1 day ago

“असार”

देव भट्टराई आयो असार महिना खुश छन् किसान। फर्केर आउँछ भनी सुखको बिहान॥ बेकार राख्छ…

2 days ago

परिवर्तनको सुरुवात

इन्दु उपाध्याय हेलेम- मिसामारी, आसाम विद्यालयको घण्टी बज्नासाथ कक्षा नौका विद्यार्थीहरू आ-आफ्नो स्थानमा बसे। केही…

2 days ago

हिसाब

महेन्द्र चालिसे “विकल निवास” आरुबारी, काठमाडौं बाबाले जीवनभर खेत जोते, बिरामी पर्दा आमाले रातभर जागेर…

3 days ago

असारको पन्ध्र

रम्भा पौडेल प्यारा भाइबैनीहरु ! यो असार महिना हो । अब असार पन्ध्र आउनैलाग्यो ।…

3 days ago