शिव कुमार रेग्मी
पोखराथोक,पाल्पा
विश्वासको घर पोखराथोक गाउँमा थियो। उसको एउटा मात्रै रमेश नामक छोरा थियो। उसले आफ्नो जन्म घर र बा-आमा छोडेर ठूलो मान्छे बन्न भन्दै बुटवल बजार झरेको थियो। बडो सान सँगै उसले आफ्नो छोराको खान-पान,पठन-पाठनमा विशेष ध्यान दिनेगर्थ्यो। विश्वासले आफ्ना साथीहरू सँग सधै गर्वका साथ भन्ने गर्थ्यो हेर ठूलो मान्छे बन्नको लागि कसरी म गाउँ छोडेर यहाँ बुटवलमा सेटल भएँ। रमेशको लिएर उसको अनेक आकाँक्षा र सपना बझ्झिएको थियो।
जब रमेश राम्रो पढेर प्रगति गर्दै गयो। सफल पनि भयो। बिश्वासले खुशीको आँशु आँखा भरि पारेर सपना साकार भएको महशुस गर्यो। आफु भन्दा ठूलो कुल-घरान कि केटी सँग रमेशको बिवाह धुमधाम सँग गरिदियो। दाईजो पनि सोचे भन्दा ज्यादै पायो। यसै प्रकार दिनहरू गुज्रिरहेका थिए। एक दिन रमेशले आफ्ना साथीहरूसँग कुरा गरिरहेको बिश्वासले सुन्यो-रमेशले साथीसँग भन्दै थियो”ठूलो मान्छे बन्नु छ भने यो बुटवल शहर छोडेर काठमाडौं राजधानीमा बस्नुपर्छ। बुटवलमा त अब बोर लाग्न थालिसक्यो। छेराको कुरा सुनेर विश्वासको मनमा त्यो दिन झलझली झल्किन थाल्यो जुनदिन उसले आफ्नो बा-आमालाई एक्लै गाउँमा छोडेर बुटवल बजारमा बस्ने निर्णय लिएको थियो। हिजो-आज विश्वासलाई उहीँ क्षणले घचेटिरहेको छ ! घचेटिरहेको छ!!
निमा छिरिङ भोटिया जलढाका कालेबुङ भारत बिहानबाट आज छोरीको पाठशाला जाने चहल पहल छैन। छोरीको…
कृष्णशरण उपाध्याय पौडेल बस्छन् जङ्गलमा सारा , घुमन्ते जन राउटे निल्छन् पीडा व्यथा गाह्रा ,…
नववर्ष२०८३को हार्दिक शुभकामना ......... गणेश आत्रेय मदनपोखरा,तानपा-९,पाल्पा थोत्रा पुराना चिज हेय मानिने। नौला नयाँ प्रेय…
माहेश्वरी भट्ट , कञ्चनपुर नयाँ वर्षको बिहान। रामप्रसादले पसलको सटर आधा खोलेर बाहिर हेर्यो। सहर…
पुण्यप्रसाद घिमिरे हेर काे पाे, आएछ, हाँसाे खुशी, ल्याएछ। चैतपछि, पुलुक्क, नयाँ वर्ष, झुलुक्क।। पात्राेबाट,…