Categories: बाल कथा

“ठूलो मान्छे”

शिव कुमार रेग्मी
पोखराथोक,पाल्पा

विश्वासको घर पोखराथोक गाउँमा थियो। उसको एउटा मात्रै रमेश नामक छोरा थियो। उसले आफ्नो जन्म घर र बा-आमा छोडेर ठूलो मान्छे बन्न भन्दै बुटवल बजार झरेको थियो। बडो सान सँगै उसले आफ्नो छोराको खान-पान,पठन-पाठनमा विशेष ध्यान दिनेगर्थ्यो। विश्वासले आफ्ना साथीहरू सँग सधै गर्वका साथ भन्ने गर्थ्यो हेर ठूलो मान्छे बन्नको लागि कसरी म गाउँ छोडेर यहाँ बुटवलमा सेटल भएँ। रमेशको लिएर उसको अनेक आकाँक्षा र सपना बझ्झिएको थियो।

जब रमेश राम्रो पढेर प्रगति गर्दै गयो। सफल पनि भयो। बिश्वासले खुशीको आँशु आँखा भरि पारेर सपना साकार भएको महशुस गर्यो। आफु भन्दा ठूलो कुल-घरान कि केटी सँग रमेशको बिवाह धुमधाम सँग गरिदियो। दाईजो पनि सोचे भन्दा ज्यादै पायो। यसै प्रकार दिनहरू गुज्रिरहेका थिए। एक दिन रमेशले आफ्ना साथीहरूसँग कुरा गरिरहेको बिश्वासले सुन्यो-रमेशले साथीसँग भन्दै थियो”ठूलो मान्छे बन्नु छ भने यो बुटवल शहर छोडेर काठमाडौं राजधानीमा बस्नुपर्छ। बुटवलमा त अब बोर लाग्न थालिसक्यो। छेराको कुरा सुनेर विश्वासको मनमा त्यो दिन झलझली झल्किन थाल्यो जुनदिन उसले आफ्नो बा-आमालाई एक्लै गाउँमा छोडेर बुटवल बजारमा बस्ने निर्णय लिएको थियो। हिजो-आज विश्वासलाई उहीँ क्षणले घचेटिरहेको छ ! घचेटिरहेको छ!!

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“झरी”

केशव नेपाल बलेफी-८, लामोसाँघु ,सिन्धुपाल्चोक “आमा, आज खेत नजानुस्, झरी परेको छ।” “नजाऊँ भने बाख्रा…

21 hours ago

परीक्षाको डर

इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…

22 hours ago

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

3 days ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

3 days ago

सुरक्षित ठाउँ

अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…

3 days ago

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

4 days ago