सरिता पराजुली
खुसी हुँदै आज मेराे
सानाे पुन्टे भाइ
नुहाएर सफा भयाे
स्कुल जानलाई ।
नयाँ लुगा लगाएर
चिरिच्याट्ट पर्याे
सानाे बुट्टे पुन्टे झाेला
खुसी हुँदै भिर्याे ।
स्कुल जाने पहिलाे दिन
खुसीले रमायाे
छिटाे छिटाे जाऔँ भन्दै
जुत्ता नि समायाे।
भ्यान आयाे स्कुलकाे
भ्यानमा गई बस्याे
अलि अलि रून्चे मुहार
जाने बेला गर्याे ।
स्कुलकाे मैदानमा
जब खुट्टा टेक्याे
चारैतिर नयाँ नाैलाे
आज भाइले देख्याे ।
काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…
रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…
धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…