Categories: बाल कथा

फाटेको जुत्ता


गोबिन्द अधिकारी
माखा पुर्वसिक्किम

शहरको भीडभाडको सडकमा रमेश दौडदै थियो। बिहानको स्कुलको घण्टी बज्नै लागेको थियो। उसको नजर कहिले अगाडि, कहिले तल–पसलमा झुकेर हिँड्थ्यो, किनकि उसको दाहिने खुट्टाको जुत्ता पूरै फाटिसकेको थियो। पानी परेको दिनमा खुट्टा भिज्थ्यो, धुलो उडेको दिनमा खुट्टा सेतो धुलोले ढाकिन्थ्यो।
रमेशलाई थाहा थियो, उसको साथीहरू उसलाई फेरि जिस्काउनेछन्—”ओए, फाटेको जुत्तावाला!” तर ऊ बोल्दैनथ्यो, केवल मुस्कुराउँथ्यो। कारण– आमाको हातको रगतले कमाएको पैसाले मात्र घरको भाडा र भात पुग्थ्यो, नयाँ जुत्ताको कुरा त टाढै।
त्यो दिन स्कुलमा खेलकुद प्रतियोगिता थियो। रमेशले पनि दौडमा नाम लेखाएको थियो। दौड सुरु भयो। साथीहरू चम्किला जुत्ता लगाएर दौडिरहेका थिए, तर रमेशको खुट्टा फाटेको जुत्ताबाट झुल्किरहेको थियो। तर उसको मनमा एकै कुरा थियो— जित्नुछ!
दौडको अन्तिम क्षणमा रमेश सबैलाई पछाडि पार्दै पहिलो भयो। मैदानभरि तालि बज्यो। पुरस्कार स्वरूप उसलाई नयाँ चम्किला खेलकुदका जुत्ता दिइयो।
रमेश मुस्कुराउँदै पुराना फाटेका जुत्ता हातमा लिएर मनमनै भन्यो— “तिमीले मलाई यहाँसम्म ल्यायौ, अब म तिमीलाई कहिल्यै बिर्सिन्न।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

शून्यको यात्री र रित्तो सेतो छडीको रोदन

रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…

2 hours ago

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

2 hours ago

पुलेसो

बिन्दु पाैडेल वस्ती भरतपुर -२, चितवन पहाडको फेदमा सम्म परेको फाँट थियो । खेतीयोग्य जमिन…

3 hours ago

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

1 day ago

एकता

तुलसी पण्डित आमा यता हेर्नू न यी कमिलाहरूको करामत, आमाले दृष्टि पुर्याउनु भयो । त्यहाँ…

1 day ago

परिणाम

धनसिंह विश्व गेजिंग, पश्चिम सिक्किम त्यही दिनदेखि आर्यनले बुवाको अनुहार हेर्नु त के बोलेकै थिएन।…

2 days ago