राजन कार्की(पाजु)
धरान १३ सुनसरी

“ल, अब सिन्दुर लगाउने बेला भो !” पुरेतले उद्घोष गरे।
आज डाँडाघरे जन्तरेकी छोरी जुनाको बिवाह धुमधामले भैरहेको छ। आँगनमा सजाईएको मण्डप वरिपरि जन्ती र घरगाउँलेको कसिकसाउ भिड,। केही गाँउलेहरु आ आफ्नो जिम्मेवारीको काममा व्यस्त देखिन्छन्। नजिकै तयार गरिएको भोजनालय भरीभराउ छ भने, आँगनमा घन्किरहेको नौमति बाजाले वातावरण गुञ्जाएमान छ।
पुरेतको यो उद्घोषले बेहुला पटिकाले सिँदुरको तैयारी गर्न थाले ; मण्डपवाट माईती पक्ष ओझेल परे। सिँदुर पैर्याउने तैयारी सुरु भयो। पुरोहितहरुले मन्त्रोचारण शुरु गरे।
बेहुलाले सिँदुर टिपेर छेउमै राखिएको दाईजोको सामान नियांले ; कम्प्युटर देखि आधुनिक फर्निचरका सामान तैनाथ थिए भने गलामा, हातमा मँहंगा गहना चम्किरहेका थिए।
र पनि उनी टक्क अडिएर बेहुलीका बावुलाई बोलाएर सोधे- ” खैत, मोटर साईकल ?”
एकाएक वातावरणमा सन्नाटा छायो, सबै खासखुस गर्न लागे।
“यी सबै तिलकका सामान पनि रिनपान गरेर जम्मा गरेको हो ज्वाईँसाब ! अब यतिबेला कसरी मोटरसाइकलको व्यवस्था गरौँ ; बरू पछि व्यवस्था गरिदिनेछु !” उनले हात जोडेर अनुरोध गर्दै भने।
बेहुलीले घुम्टो उघारेर बेहुलातिर पुलुक्क हेरिन् उनको अनुहारले तेतिकै नमान्ने भाव बताई रहेको देखेर बावुतिर हेर्दै भनिन्- ” बाबा! छोरीज्वाईँको खुसीको लागि भएपनि एउटा मोटरसाईकल त दिनै पर्छ !”
बेहुलीको यो कुरा सुनेर बावुआमा अवाक भए।चारैतिर खैलावैला मच्चियो।
केही वेरमै दिनेसले नयाँ मोटरसाईकल मण्डवछेउमा ल्याएर घ्याच्च रोक्दै बेहुलालाई भने-” ल भिनाजु, दिदीको खुसीको लागि मोटरसाईकल तयार छ, लगाउनुस् अब सिँदुर !”
सबैजना चकित भए। बेहुला प्रसन्न हुँदै सिँदुर लगाउन तम्सिए।
“खबर्दार!” भन्दै बेहुली जुरूक्क उठिन् र गलाको पोते खोलेर मोटरसाईकललाई लगाइदिँदै बेहुलाको हात च्याप्प समातेर जन्तितिर फर्केर – “यस मोटरसाईकललाई सिँदुर हालेर यसैलाई लिएर जानु !” भन्दै घर भित्र पसिन्।
फेरी एकपटक मन्डपमा सन्नाटा छायो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

मोबाइलको छायाँ

इन्दु उपाध्याय हेलेम-मिसामारी,आसाम साँझको समय थियो। रोशन कार्यालयबाट फर्किएपछि सोफामा बसेर मोबाइलमा व्यस्त थियो। सामाजिक…

8 hours ago

टोपी

अन्जु शर्मा रातोपुल टोपी हिलाम्मे थियो । हिलाम्मे भएका कारण टोपी कस्को भनेर छुट्टाउन कठिन…

8 hours ago

“धर्म”

गणेश आत्रेय मदनपोखरा,पाल्पा धर्मको नाममा। अन्धविश्वासमा॥ आपसी द्वन्द्वमा। लड्नु के व्यर्थमा! मानवी सभ्यता। धर्मको भव्यता॥…

1 day ago

अभिन्न

बिन्दु पौडेल वस्ती भरतपुर -२, चितवन गाउँको बीचमा ठूलो चौतारो थियो । गोठालाहरू लोक दोहोरी…

1 day ago

“सन्तानको मायाँ”

मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर हुँदैन सन्तानको मायाँ कहिल्यै पनि धेर थोर मैले सम्झिएकै छु तिमीले…

3 days ago

हलो

सालिक राम सत्याल बाँके ३ खजुरा हाल = मलेसिया बाजे हलो किन धुलोले छोपिएको ?…

3 days ago